आफ्नै छोरालाई ड्रग्स बिक्री गर्ने आमा, जसले घरमै ‘अड्डा’ चलाएकी छन् « Khabarhub

आफ्नै छोरालाई ड्रग्स बिक्री गर्ने आमा, जसले घरमै ‘अड्डा’ चलाएकी छन्


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंमा एक यस्ती आमा पक्राउ परेकी छन्, जसले आफ्नै छोराहरुलाई लागू औषध (ड्रग्स) बिक्री गर्छिन् ।

घरमै लागू औषधको अड्डा सञ्चालन गरेकी ति महिलाले आफ्ना २ छोरालाई पनि सेवनकर्ता बनाइन् ।

ती महिला हुन् काठमाडौं महानगरपालिका–१६ बस्ने ५० वर्षीया साबित्री श्रेष्ठ । उनले भारतबाट लागू औषध मगाएर आफ्नै घरबाट बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा ति महिलालाई पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धानबाट ती महिलाका २ छोरा एक ३५ र अर्को २४ वर्षका छन् । उनीहरु दुवैजना लागू औषध प्रयोगकर्ता रहेको ब्यूरोले जनाएको छ ।

पछिल्लो समय ती दुई छोराहरु पनि लागू औषधको कारोबारमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले आमाबाटै लागू औषध खरिद गरेर बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।

५० वर्षीया श्रेष्ठका श्रीमान् भने सरकारी जागिरे रहेको खुल्न आएको छ । उनीभने अलग्गै बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट लागू औषध डाइजापाम ६ सय ७० एम्पूल, बुप्रेनोर्फिन ५ सय ६१ एम्पुल र फेनारगन ५ सय ६० एम्पुल बरामद गरेको छ ।

प्रहरीले उनको साथबाट लागू औषध बिक्री गरेर आर्जन गरेको १ लाख ४१ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ४ : ४० बजे

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै