‘सेथु एफसी’लाई उपाधि दिलाउन सावित्राको २ गोल | Khabarhub Khabarhub

‘सेथु एफसी’लाई उपाधि दिलाउन सावित्राको २ गोल


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले ‘सेथु एफसी’लाई उपाधि दिलाउने क्रममा दुई गोल गरेकि छन् ।

बुधबार भारतको गुरु नानक रंगशालामा भएको फाइनलमा सेथु एफसीले मनिपुर पुलिस क्लबलाई ३–१ गोल अन्तरले परािजत गर्‍यो । पहिलो पटक भारतीय लिग च्याम्पियन भएको सेथुका लागि सावित्रा भण्डारीले महत्वपूर्ण योगदान दिइन् । उनले प्रतियोगिता भर सेथुका लागि १५ गोल गरेकी छन् ।

यस्तै, फाइनल खेलमा खेलको पहिलो हाफमा १–० पछि परेको सेथुका लागि खेलको ५६ औं मिनेटमा मनिपुरकी उममति देविले आत्मघाती गोल गरेकि थिइन् । त्यस्तै १–१ गोल बराबरी रहेको खेलमा सावित्रा भण्डारीले खेलको ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएकी थिइन भने खेलको ७० औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टिमलाई ३–१ गोल अन्तरको जीत दिलाइन् ।

नेपालबाट पहिलो पटक विदेशी लिग खेल्न भारत पुगेका सावित्रा र अनिता बस्नेतले उत्कृष्ट प्रदर्शन गर्दा अन्य खेलाडीका लागि पनि विदेशी लिगमा बाटो खुलेको फुटबल जानकारको भनाइ छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ६ : ३७ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने