‘सेथु एफसी’लाई उपाधि दिलाउन सावित्राको २ गोल « Khabarhub

‘सेथु एफसी’लाई उपाधि दिलाउन सावित्राको २ गोल


८ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले ‘सेथु एफसी’लाई उपाधि दिलाउने क्रममा दुई गोल गरेकि छन् ।

बुधबार भारतको गुरु नानक रंगशालामा भएको फाइनलमा सेथु एफसीले मनिपुर पुलिस क्लबलाई ३–१ गोल अन्तरले परािजत गर्‍यो । पहिलो पटक भारतीय लिग च्याम्पियन भएको सेथुका लागि सावित्रा भण्डारीले महत्वपूर्ण योगदान दिइन् । उनले प्रतियोगिता भर सेथुका लागि १५ गोल गरेकी छन् ।

यस्तै, फाइनल खेलमा खेलको पहिलो हाफमा १–० पछि परेको सेथुका लागि खेलको ५६ औं मिनेटमा मनिपुरकी उममति देविले आत्मघाती गोल गरेकि थिइन् । त्यस्तै १–१ गोल बराबरी रहेको खेलमा सावित्रा भण्डारीले खेलको ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएकी थिइन भने खेलको ७० औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टिमलाई ३–१ गोल अन्तरको जीत दिलाइन् ।

नेपालबाट पहिलो पटक विदेशी लिग खेल्न भारत पुगेका सावित्रा र अनिता बस्नेतले उत्कृष्ट प्रदर्शन गर्दा अन्य खेलाडीका लागि पनि विदेशी लिगमा बाटो खुलेको फुटबल जानकारको भनाइ छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  ६ : ३७ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या