‘पीएम कप’ क्रिकेटका लागि मुलपानी मैदानको रुप फेरियो (फोटो फिचर) « Khabarhub

‘पीएम कप’ क्रिकेटका लागि मुलपानी मैदानको रुप फेरियो (फोटो फिचर)


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झण्डै १ दशक लामो प्रतिक्षापछि नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको ‘मुलपानी क्रिकेट मैदान’मा शुक्रबारबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री कप क्रिकेट (पीएम कप क्रिकेट)को उद्घाटन यही मैदानमा हुनेछ ।

प्रधानमन्त्री कपकै लागि रातारात मैदान तयार पारिएको हो । अन्तर्राष्ट्रिय स्तरको मैदान निर्माण कार्य सम्पन्न भइनसक्दै राष्ट्रिय खेलकुद् परिषद्ले यो सिजनको ‘पीएम कप’ मुलपानी र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना गर्ने निर्णय गरेको थियो ।

सरकारले २०६७ सालबाट मूलपानीमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न क्रिकेट मैदान बनाउन गुरुयोजना अगाडि बढाएको थियो । अझै पनि रंगशाला निर्माणको कार्य पूरा भइसकेको छैन । जग्गाको मुआब्जा विवादले मैदानको निर्माण कार्य अवरुद्ध हुँदै आएको थियो । तर, गत साउनमा मन्त्रिपरिषद्को निर्णयले जग्गाधनीलाई सट्टाभर्ना दिने भएपछि कामले गति लिएको हो ।

पीएम कपका लागि मुलपानी मैदान लगभग तयार भइसकेको आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)का क्यूरेटर अजय पाण्डेले बताएका छन् । मैदानको बाउन्ड्री ७५ मिटरको रहेको बताउँदै क्यूरेटर पाण्डेले भने, ‘हामीले प्रतियोगिताका लागि २ वटा ‘पिच’ बनाएका छौं । जसमा रोलर लाउने काम भइरहेको छ । खेलाडीहरुका लागि पिच राम्रो हुने अपेक्षा गरेका छौं ।’

मुलपानी मैदानमा सात वटा पीच निर्माण गरिएको भए पनि पीए कपमा २ वटा पिचमा खेलाइने छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ७ : १६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको