हाइकभिजनलाई कालोसूचीमा राख्ने तयारी गर्दै अमेरिका | Khabarhub Khabarhub

हाइकभिजनलाई कालोसूचीमा राख्ने तयारी गर्दै अमेरिका


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाले चिनियाँ प्राविधिक कम्पनी हुवावेलाई जस्तै अर्को चिनियाँ प्राविधिक कम्पनीलाई पनि कालोसूचीमा राख्ने तयारी गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकाले चिनियाँ भिडियो सर्भिलान्स कम्पनी हाइकभिजनलाई पनि कालोसूचीमा राख्ने तयारी गरिरहेको हो । यसअनुसार अमेरिकी कम्पनीले हाइकभिजनसँग कारोबार गर्न सरकारको अनुमति चाहिनेछ ।

यसअघि अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेपछि अमेरिकी इन्टरनेट कम्पनी गुगलले हुवावेसँग कारोबार नगर्ने घोषणा गरिसकेको छ ।
त्यसबाहेक हालै बेलायतका दुई दूरसञ्चारकम्पनीहरु ईई र भोडाफोनले हुवावेको पाचौं पुस्ताको फाइभजी मोबाइल इन्टरनेट सेवा उपलब्ध नगराउने घोषणा गरिसकेका छन् ।

हाइकभिजनले क्लोज सर्किट क्यामेरा सीसीटीभी तथा थर्मल र ट्राफिक क्यामेराको निर्माण गर्ने गरेको छ । हाइकभिजनका उपकरणबाट मानिसहरुको गोपनियताको अधिकार हनन हुने तथा गोप्य जानकारी चीन सरकारको नियन्त्रणमा जानसक्ने भन्दै यसअघि पनि प्रश्न उठ्दै आएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ९ : ०३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र