प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी : सवा अर्बमा बन्दै १४ भवन | Khabarhub Khabarhub

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी : सवा अर्बमा बन्दै १४ भवन


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो। कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन्। सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ। ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको नयाँ पत्रिकामा खबर छ।

सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइनेछ। प्रत्येक ब्लकमा दुईवटा भवन हुने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए। ‘प्रत्येक ब्लकमा दुई–दुईवटा भवन बनाइनेछ। एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ,’ तुलाधरले भने। १४ भवन रहेको कोलोनी सुविधासम्पन्न हुनेछ ।

सहरी विकास तथा भवन निर्माण विभागले मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास निर्माणका लागि चालू आवभित्रै टेन्डर प्रक्रिया सक्ने गरी तयारी थालेको छ । विभागका महानिर्देशक मणिराम गेलालले यसै वर्ष टेन्डर सकेर आगामी तीन वर्षभित्र आवास तयार गर्ने योजना रहेको बताए । ‘चालू आवभित्रै टेन्डर प्रक्रिया सकेर आगामी तीन वर्षभित्रमा आवास निर्माण सम्पन्न गरिसक्ने योजना छ,’ उनले भने ।

गत १७ मंसिरमा मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सहरी विकास तथा भवन निर्माण विभागले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणको तयारी गरेको हो। प्रदेश प्रमुख र मुख्यमन्त्री विभिन्न प्रयोजनका लागि काठमाडौं आइरहनुपर्छ। त्यसैले उहाँहरूका लागि स्थायी आवास र कार्यालय बनाउन लागिएको हो।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बन्ने सबै भवन साढे दुई तलाका हुनेछन् । विभागका भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरका अनुसार भुइँतलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल हुनेछ । त्यस्तै, पहिलो तलामा बैठक कक्ष, योगकोठा, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा र दोस्रो तलामा भान्साकोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठा हुनेछन् ।

आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सरकारले अपार्टमेन्ट भाडामा लिने भएको छ। खुमलटारस्थित डाउनटाउन अपार्टमेन्टमा १५ वटा फ्ल्याट लिने सम्झौता गरिसकेको सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले बताए। प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि दुई बेडरुम, बैठक कक्ष र भान्सा भएका १४ र एउटा थप फ्ल्याट लिन लागिएको विभागले जनाएको छ। प्रत्येक फ्ल्याटको भाडा मासिक ५५ हजारका दरले महिनाको आठ लाख २५ हजार रुपैयाँमा सम्झौता गरिएको छ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ६ : ५४ बजे

इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ? 

तेहारन– इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि प्रतिक्रिया आउन थालेका छन्।

रहेनन् घाटेवैद्य सुवर्ण बा 

काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका

६१ किलो सुन तस्करी प्रकरण : अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो

काठमाडौं–  ६१ किलो सुनकाण्डमा पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष

सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत- सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ,

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको