भारत प्रवेशमा कडाइ- नेपालीलाई भिसा अनिवार्य « Khabarhub

भारत प्रवेशमा कडाइ- नेपालीलाई भिसा अनिवार्य


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारत जाने नेपालीका लागि भारत सरकारले कडाइ गरेको छ । चीन, मकाउ, हङकङ र पाकिस्तानलगायतका देशबाट भारत जाने नेपालीलाई कडाइ गर्दै भारतले भिसा अनिवार्य गरेको हो ।

दिल्लीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै भारत सरकारको निर्णय अनुसार काम गर्न सूचित गराएको छ । दूतावासले जारी गरेको सूचनामा भनिएको छ,- ‘चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीका लागि भारतको भिसा आवश्‍यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ ।’

यस्तै, भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर अनिवार्य लिनुपर्ने छ । दूतावासका अनुसार तेस्रो मुलुक जाने नेपालीले नो अब्जेक्सन लेटर लिनुपर्ने र त्यसका लागि आवश्यक प्रक्रियासमेत पूरा गर्नुपर्ने जनाएको छ ।

साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था लागू भएको हो ।

दूतावासले जारी गरेको सूचना यस्तो छ :

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ११ : ०० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु