प्रधानमन्त्रीको निर्देशनपछि रेशम चौधरीको खुट्टामा बाँधिएको साङ्लो हटाइयो « Khabarhub

प्रधानमन्त्रीको निर्देशनपछि रेशम चौधरीको खुट्टामा बाँधिएको साङ्लो हटाइयो


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा बाँधिएको साङ्लो हटाइएको छ ।

चौधरीलाई उपचारका क्रममा साङ्लो बाँधिएको प्रति चासो व्यक्त गर्दै प्रधानमन्त्रीले साङ्लो खोल्न निर्देशन दिएका हुन् । साथै साङ्लो बाध्न लगाउनेलाई कारवाही गर्न पनि निर्देशन दिएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । चौधरीको दायाँ खुट्टामा बाँधिएको १४ किलोको साङ्लो शुक्रबार बेलुका नै हटाइएको हो ।

उनले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएको उनका प्रेस संयोजक अधिकारीले जानकारी दिए । उपचारका क्रममा बीर अस्पतलामा भर्ना भई शैय्यामा रहँदा चौधरीलाई साङ्लो लगाइएको थियो ।

फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चौधरीलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । कम्मर र ढाडमा दुखाइ भएपछि उनले अहिले फिजियो थेरापीसमे गराउँदै आएका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  २ : ५३ बजे

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक