मनहरीमा झाडाबान्ताको प्रकोप, दैनिक बिरामीको संख्या बढ्दो « Khabarhub

मनहरीमा झाडाबान्ताको प्रकोप, दैनिक बिरामीको संख्या बढ्दो


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्लाको मनहरी गाउँपालिकाको दुई वटा वडामा झाडाबान्ताको प्रकोप फैलिएको छ । गाउँपालिकाको ८ र ९ नम्बरको सिमपानी तथा ज्यामिरे क्षेत्रमा एक हप्तादेखि झाडाबान्ता फैलिएको हो ।

एक साताअघि केही व्यक्तिलाई सामान्य पखाला देखिएको र क्रमिक रुपमा बिरामी संख्या बढ्दै गएपछि प्रकोपको रुप लिएको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीका वरिष्ठ स्वास्थ्य सहायक शिवराम बानियाँले जानकारी दिए ।

हाल दैनिक रुपमा २५ जनाभन्दा बढी बिरामी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी आउने गरेको उनले जानकारी दिए । तीमध्ये दैनिक रुपमा सात जनाभन्दा बढी सिकिस्त बिरामी आउने गरेको र तिनीहरुलाई सुईबाट औषधि दिनु परेको बानियाँले बताए ।

प्रकोपलाई नियन्त्रणमा लिन गाउँपालिकाले रोगको पहिचानको लागि पानीको नमूना सङ्कलन गरी खाद्य प्रयोगशाला हेटौँडामा पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीले जनाएको छ । बिरामीको दिसाको नमूना सङ्कलन गरी रोगको पहिचान गरिने उनले बताए ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ३ : ३० बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार