हेंवाखोलामा डाइभर्सन नबन्दा आठ महिनादेखि यातायात प्रभावित « Khabarhub

हेंवाखोलामा डाइभर्सन नबन्दा आठ महिनादेखि यातायात प्रभावित


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माण नहुँदा आठ महिनादेखि यातायात प्रभावित भएको छ । डाइभर्सन नबन्दा दुई तथा तीनपाङ्ग्रे र साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोरको फिदिम–मुलघाट खण्डमा यातायात नियमित भए पनि फिदिम–काबेली खण्डको हेंवाखोलामा भने समस्या यथावत् छ । यहाँ ठूला सवारीसाधनका लागि मात्र अस्थायी संरचना बनाइएकाले साना सवारीसाधन आवतजावत गर्न नसकेको स्थानीयवासीले बताएका छन् ।

फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा पर्ने हेंवाखोलामा हिउँदमा समेत पानीको बहाव पर्याप्त रहेकाले साना सवारीसाधन वारपार गर्न सक्ने अवस्था नरहेको हिलिहाङ–७ माझीटारका रामकुमार माझीले बताए। उनका अनुसार निर्माण कम्पनी एपेक्सले तिहारपछि पुरानो डाइभर्सन रहेकै स्थानमा ठूला सवारीसाधन आवतजावत गर्न मिल्ने संरचना बनाएको छ ।

डाइभर्सन नहुँदा हिलिहाङ गाउँपालिकाका बासिन्दा सदरमुकाम फिदिम आउजाउ गर्न लामो र घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् । हिलिहाङ–५ का वीरेन्द्र मङ्ग्रातीले निर्माण कम्पनी र आयोजना पक्षको बेवास्ताका कारण स्थानीयले सास्ती खेप्नुपरेको बताए।

उहाँले डाइभर्सन नहुँदा सदरमुकाम पुग्न दोब्बरभन्दा बढी दूरी पार गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने बताए।

यातायात अवरुद्ध हुँदा माझीटार क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित भएको स्थानीय व्यवसायी रमेश तामाङले बताए। सामान्य डाइभर्सन निर्माणसमेत नहुँदा यात्रुले लामो दूरी तय गर्नुपरेको र बजारको आर्थिक गतिविधि ठप्पजस्तै भएको उहाँको भनाइ छ ।

गत चैतदेखि निरन्तर भएको वर्षाका कारण यसअघि निर्माण गरिएको डाइभर्सन टिक्न नसकेपछि यस खण्डमा यातायात नियमित हुन सकेको छैन । विगतका वर्षमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण गरेर यातायात सञ्चालन गरिँदै आए पनि यस वर्ष निर्माण कम्पनीले चासो नदेखाएको स्थानीयको गुनासो छ । उनीहरूले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरी तत्काल डाइभर्सन निर्माण गर्न माग गरेका छन् ।

हेंवाखोलामा पुल निर्माण हुन बाँकी छ । यहाँ रहेको बेलिब्रिज र खोला किनारको सडक २०८० असारमा आएको बाढीले बगाएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएको थियो । तर, यस वर्ष डाइभर्सन निर्माणमा ढिलाइ हुनुका साथै पुल निर्माणकार्यमा समेत प्रगति नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ८ : ३७ बजे

रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ- नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माणका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै रासायनिक

हेंवाखोलामा डाइभर्सन नबन्दा आठ महिनादेखि यातायात प्रभावित

पाँचथर- निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माण नहुँदा आठ

चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर

आठ वर्षको कानुनी लडाइँपछि ब्राड पिट र एन्जेलिना जोलीबिच सहमति, आखिर के थियो विवाद ?

हलिउडका चर्चित पूर्वदम्पती ब्राड पिट र एन्जेलिना जोलीको सम्बन्धविच्छेदपछि पनि

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ : भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

खोटाङ– किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ ।