“छुल्याइँ”लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास भयो– विडारी « Khabarhub

“छुल्याइँ”लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास भयो– विडारी


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलका नेता राम नारायण विडारीले पछिल्लो समय राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै गएको बताएका छन् ।

थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी व्यक्तित्व रुपचन्द्र बिष्टको २० औ स्मृति दिवसको अवसरमा सनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले रुपचन्द्रले परिभाषित गरेको राजनीति र वर्तमान अवस्थामा सर्वसाधरणले बुझ्ने गरेको राजनीतिमा आमुल भिन्नता भएको बताएका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति विडारीले बिष्टले जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति भनेर परिभाषित गर्ने गरेको उल्लेख गर्दै पछिल्लो समय “छुल्यार्इँ ”लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास हुदै गएको बताए ।

उनले भने “रुपचन्द्रले राजनीतिको व्याख्या गर्नुभयो । राज्इका जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति । अहिले हामीले राजनीति के भन्छौ रे ? गाउमा छुल्यार्ई र बठ्याई गर्यो भने हेर , त्यो रामेले कस्तो राजनीति गरेछ यार । हामी त्यहाँ पुग्यौ । ”

कार्यक्रममा उनले विष्टले व्याख्या गर्ने गान्धीवाद र माक्र्सवादको पनि चर्चा गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : ४९ बजे

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवाको लाङटाङ गाउँका स्थानीय बासिन्दाको अझै उद्धार हुन सकेको

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी