अजय देवगनसँग विहे गर्नुको कारण खुलाइन काजोलले « Khabarhub

अजय देवगनसँग विहे गर्नुको कारण खुलाइन काजोलले


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउडकी चर्चित अभिनेत्री हुन् काजोल । बेखुदीबाट बलिउडमा डेब्यु गरेकी उनले कैंयौ भारतीय चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनको अभिनय रहेका प्रायः चलचित्र हिट छन् । २५ मे १९७२ मा जन्मिएकी काजोलले २५ वर्षको उमेरमा बलिउड अभिनेता अजय देवगनसँग विवाह गरेकी हुन् । हाल आएर उनले अजय देवगनसँग विवाह गर्नुको कारण खोलेकी छिन् ।

१६ वर्षको उमेरदेखि नै अभिनय यात्रा थालेकी काजोलले अभिनय यात्राकै क्रममा अजयसँग प्रेमसम्बन्धमा रहेर विवाह गरेकी हुन् । अहिले उनकी एक छोरी समेत रहेकी छिन् । काजोलले १९९९ मा अजय देवगनसँग विवाह गरिन् ।

उनी भन्छिन्, ‘मैले काम गरेको लगभग ९ वर्ष भएको थियो । हरेक वर्ष ४–५ वटा फिल्महरु आइरहेको थियो । मसँग सबै कुराहरु थियो । पैसा, सफलता भएपनि समय थिएन । त्यसैले विवाह गर्छु र वर्षमा एउटा मात्र फिल्म गर्छु ।’

उनले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाउन ससफल भएकी थिइन् । त्यो भन्दा पनि बलिउड अभिनेता शाहरुख खानसँग ‘कुछ कुछ होता है’ फिल्ममा अभिनय गरेपछि उनी थप चर्चा चुलिएको हो । उनी चलचित्रका अलावा सामाजिक कार्यक्रमा पनि उत्तिकै सक्रिय छिन् भने भगवान शिवको पूजाआराधनामा पनि उत्तिकै समय खर्चिन्छिन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ५८ बजे

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्