लोकतन्त्र माग गर्दै हङ्‌कङमा प्रदर्शन, प्रहरीले वर्षायो रबरको गोली र अश्रुग्यास « Khabarhub

लोकतन्त्र माग गर्दै हङ्‌कङमा प्रदर्शन, प्रहरीले वर्षायो रबरको गोली र अश्रुग्यास


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङ्‌कङ– हङ्‌कङमा लोकतन्त्रको माग गर्दै भएको र्‍यालीमा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ ।

प्रदर्शनकारीले प्रहरी घेरा तोड्दै प्रहरी तर्फ सामान फ्याकेपछि अश्रुग्यास र रबरका गोली चलाउनु परेको अधिकारीहरुले जनाएका छन् ।

प्रदर्शनकारीहरूले चीनको केन्द्रीय सरकारी कार्यालयतर्फ बढ्दै त्यहाँका भवनहरूमा अण्डा फ्याकेका थिए। प्रहरीको कारवाहीमाकम्तीमा ३६ जना प्रदर्शनकारी घाइते भएका छन् ।

आइतवारको प्रदर्शनको आयोजना गर्नेहरूले ४ लाख ३० हजार जनाभन्दा बढीले प्रदर्शनमा भाग लिएको बताएका छन् ।
प्रहरीले भने १ लाख ३८ हजार जनाले प्रदर्शन गरेको जनाएको छ।

बन्दै गरेको सुपुर्दगीसम्बन्धी कानुनलाई लिएर शुरुमा यस्तो विरोध प्रदर्शन थालिएको थियो। तर पछि यो लोकतन्त्रको माग तर्फ केन्द्रीत भएको थियो ।

आइतवार अबेर नकाब लगाएको दङ्गा नियन्त्रण गर्ने प्रहरी हातमा ढुङ्गामुढा छेक्ने सुरक्षाढालसहित त्यहाँको मुख्य टापुस्थित एउटा नौका टर्मिनल नजिकै प्रदर्शनकारीतर्फ बढिरहेको देखिएको बीबीसीले जनाएको छ ।

आइतवार प्रदर्शनकारीले लगातार प्रदर्शनको सातौँ सातामा ठूलो प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनलाई मुख्य चिनियाँ सरकारी कार्यालयहरू रहेको केन्द्रमा पुग्न नदिइकन वान चाईमा रोकिएको थियो ।

त्यसका लागि करिब ४ हजार प्रहरी अधिकारीहरू खटाइएका थिए । पछिला अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेका थिए। तर ती प्रदर्शनले हिंसालाई बढावा दिएका थिए।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : २१ बजे

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को