अकस्मात किन नेपाल आए भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयल ? « Khabarhub

अकस्मात किन नेपाल आए भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयल ?


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल नेपाल आएका छन् । उनीसहित पाँच जनाको टोली आइतवार काठमाडौंमा उत्रिएको हो ।

रअ प्रमुख गोयल नेतृत्वको टोली पाँच दिन नेपालमा रहने उच्च सुरक्षा स्रोतले बतायो । उनको नेपाल बसाई अझै लम्बनसक्ने स्रोतको दाबी छ ।
काठमाडौं उत्रिएको रअको टोली बौद्धस्थित हायात होटलमा बसेको छ ।

गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए । भ्रमण टोलीमा रअको राजनीतिक ब्यूरो हेर्ने पदाधिकारीसमेत रहेको बताइएको छ ।

उनीहरुले नेपालमा रहँदा उच्च राजनीतिक भेटघाट गर्ने छन् ।

भारतीय प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीले दोस्रो पटक सत्ता सम्हालेपछि रअका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो । मोदीले नेपाल भ्रमण गर्ने विषय चर्चामा रहेको बेला रअका प्रमुखको नेपाल भ्रमणलाई अर्थ पूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : ३३ बजे

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित