कर्मचारीलाई तलब लिन अब प्यान अनिवार्य, यसरी लिनुहोस् प्यान नम्बर « Khabarhub

कर्मचारीलाई तलब लिन अब प्यान अनिवार्य, यसरी लिनुहोस् प्यान नम्बर


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले साउन १ बाट प्यान अनिवार्य गरेको छ । लेखा परीक्षण गर्दा तलबलाई खर्चमा लेख्ने गरिन्छ । यदि प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिएको छ भने त्यस्ता कम्पनीले खर्चको रुपमा देखाउन पाउने छैनन् ।

कुनै पनि कर्मचारीलाई तलब बैङ्क खातामार्फत् दिनुपर्ने भएकाले प्यान अनिवार्य गरिएको हो। आर्थिक विधेयकमा कर्मचारीलाई तलब दिँदा प्यान अनिवार्य गर्नुपर्ने उल्लेख छ । स्थायी लेखा नम्बर नभएको एक हजार रुपैयाँभन्दा माथिको मूल्यको विजक वापतको खर्च कट्टा गर्न नपाउने आर्थिक वर्षको बजेटमा उल्लेख छ ।

२०७६ साल जेठ १५ गते प्रस्तुत आगामी वर्षको आर्थिक विधेयक, २०७६ मा आयकर ऐन, २०५८ लाई संशोधन गरी व्यक्तिगत स्थायी लेखा नम्बर नलिएका जोसुकैले लिने तलबभत्ता तथा ज्याला खर्चलाई खर्च अमान्य हुनेछ भनिएको छ ।
तर, २०७६ साउनदेखि कुनै पनि काम–सेवा गरी तलबभत्ता, ज्याला लिने सम्पूर्णले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्छ ।

हाल काम गरिरहेका तथा नयाँ नियुक्ति लिन जानेले नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत स्थायी लेखा नम्बर प्रतिलिपि पेस गरेपछि मात्र काम गर्न योग्य मानिनेछ अर्थात् निजलाई दिइएको तलबभत्ता, ज्यालालाई खर्चका रूपमा मान्य गरिने कुरा आर्थिक विधेयक, २०७६ मा उल्लेख छ । यो नयाँ व्यवस्थासँगै एक हजारभन्दा कम पारिश्रमिक हुनेले नगद भुक्तानी पाउँछ ।

प्यान लिनको लागि अनलाइन फारम भर्ने तरिका

सबैभन्दा पहिला आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np टाइप गरेर होम पेजमा भएको Taxpayer मा क्लिक गरेर Registration मा जानु होस ।

त्यसपछि एप्लिकेसन फर रजिष्ट्रेसनमा क्लिक गरी नाम थर भएको बक्समा आप्नो नाम र थर लेखेर भर्नुहोस् । त्यसपछि युजर नेममा आफुले सम्झने नाम राख्नुहोस् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : १६ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा