एजेन्सी– नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ ।
एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले रात समेत बिताउन सक्ने व्यवस्था छ ।
समुद्र मुनी ३४ मिटर लामो तथा १५ मिटर चौडा काँचको पर्खाल निर्माण गरेर तयार पारिएको यो रेस्टुराँको माथिल्लो भाग एउटा सडक मार्फत मुख्य भूमिसँग जोडिन्छ ।
काँचको पर्खाल लगाइएका कारण त्यहाँ पुग्ने ग्राहकले समुद्री जीवजन्तुहरूको अवलोकनसमेत गर्न सक्छन् । यसअघि माल्दिभ्समा यस्तै अन्डर वाटर रेस्टुराँ तथा होटल खुलिसकेको छ ।
प्रतिक्रिया