जब बाकस भरी औषधि बोकेर बाढी प्रभावित बस्तीमा पुगे डा. गोबिन्द केसी | Khabarhub Khabarhub

जब बाकस भरी औषधि बोकेर बाढी प्रभावित बस्तीमा पुगे डा. गोबिन्द केसी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न विकट स्थानमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका डाक्टर गोविन्द केसी यतिबेला तराईका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

असार २८ गते आएको बाढीबाट प्रभावित बनेकाहरुको उपचारका लागि डा. केसी बाकसभरी औषधि बोकेर रौतहट पुगेका हुन् । उनले रौतहटको इशनाथ नगरपालिकाको बन्जरहाबाट बाढी पीडितहरुको स्वास्थ्य परिक्षण आरम्भ गरेका छन् ।

बाढीको डुवानमा रहेका इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै जाँदा रौतहट सदरमुकाम गौरमा औषधी सहित आइपुगेका डा. केसीले बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा गई विरामीहरुको स्वास्थ्य परिक्षण गरेका हुन् ।

बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका विरामीहरुको स्वास्थ्य परिक्षण गरेर निशुल्क रुपमा औषधी वितरण गरेका छन् । स्थानीय स्वास्थ्यकर्मीहरुको सहायतामा बन्जरहाका विरामीहरु स्वस्फूर्त रुपमा आएर डा. केसीसँग स्वास्थ्य परिक्षण गराएका छन् ।

गत शुक्रवारसम्म जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिबाट स्वास्थ्य परिक्षण सम्बन्धी कुनै क्याम्प सञ्चालन नभएपछि सो क्षेत्रमा पुगेर डा. केसीले बाढी पीडितहरुको स्वास्थ्य परीक्षण शुरु गरेपछि स्थानीय हर्षित बनेका छन् ।

उनले आफू हाडजोर्नी विशेषज्ञ भएपनि जति सक्दो सेवा सुविधा दिएर जनताहरुलाई कष्टबाट निवारण गर्ने आफनो पहिलो कर्तव्य रहेको बताए । आफू जिवित रहेसम्म नेपाली जनताहरुको कष्ट निवारण गर्ने अभियानलाई निरन्तरता दिइरने डा. केसीको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ४९ बजे

तीज गीतको ओइरो : नेतादेखि सञ्चारकर्मीसम्म छमछमी !

तीज महिलाको विशेष पर्व हो। व्रत बस्ने, मिठो खाने र

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत

प्रतिवादमा उत्रिँदै भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’ 

काठमाडौं– भारत सरकारले रूसबाट तेल आयातको विषयमा अमेरिकासहित पश्चिमी राष्ट्रहरूको

बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती

म्याग्दी– म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको