मन्दिरको छतले किचेर पाँथचरमा २ जनाको मृत्यु « Khabarhub

मन्दिरको छतले किचेर पाँथचरमा २ जनाको मृत्यु


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारीस्थित निर्माणाधीन मन्दिरको छतले किचेर दुई जनाको ज्यान गएको छ ।

सोमबार बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको च्यापिएर मृत्यु भएको हो । घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ ।

प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा पूरै छत खसेर किच्दा उनीहरुको मृत्यु भएको हो । उ

क्त स्थानमा निर्माण गर्न लागिएको यलम्बर पार्कमा निर्माणाधीन मन्दिरको छत २० दिनअघि नै ढलान गरिएको भए पनि राम्रोसँग नअडिएको पाइएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ५४ बजे

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको