‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ भदौमा हुने « Khabarhub

‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ भदौमा हुने


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ हुने भएको छ । आउँदो भदौ २५ गते अवार्डको कार्यक्रम हुने आयोजकले जनाएको छ ।

आयोजक स‌ंस्थाका अध्यक्ष सन्दीप महतका अनुसार स‌ंगीत क्षाेत्रमा नयाँ आयाम थप्नका लागि यो अवार्डको आयोजना गर्न लागिएको हो ।

म्युजिक अवार्डका लागि आवदेन दर्ता फारम खुला गरिएको जनाइएको छ । वि‍.सं. २०७५ साल वैशाखदेखि चैत्र मसान्तसम्म सार्वजनिक भएका गीत संगीतलाई अवार्डका लागि समावेश गरिने आयोजकले जनाएको छ । नवप्रतिभाले ०७५ मा गीत बजारमा ल्याएको हुनुपर्ने छ ।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक पुरुषरमहिला, राष्ट्रिय गीत, पप र आधुनिकरप्ले ब्याक सिंगर गायक र गायिका, भाषा भाषिका गित म्युजिक भिडियो, एल्बम लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ठ व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने र नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : ४८ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम