चार जना सांसदले अमेरिकासँग माफी माग्नु पर्छ– ट्रम्प « Khabarhub

चार जना सांसदले अमेरिकासँग माफी माग्नु पर्छ– ट्रम्प


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्ने चारजना सांसदले क्षमा माग्नु पर्ने बताएका छन् ।

उनीहरूले व्यक्त गरेका कुरालाई लिएर अमेरिकासँग क्षमा माग्नुपर्ने ट्रम्पको भनाइ छ । आइतबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन्,‘ ‘मेरो विचारमा ती चार सांसदले अमेरिकी राष्ट्रियतालाई सम्मान गर्न सकेका छैनन् ।’

उनले भनेका छन्, ‘उनीहरूले डेमोक्रेटिक पार्टीलाई विनाश गर्दै छन् । तर, समृद्ध अमेरिकालाई विनाश गर्न उनीहरूको कुनै सामर्थ्य रहनेछैन । उनीहरू कमजोर र असुरक्षित छन् ।’

वामपन्थी विचारको पक्षधर अमेरिकी अल्पसंख्यक ती सांसदहरूको भनाइप्रति आक्रोश व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले उनीहरू जहाँबाट आएका हुन् त्यहीँ जान भनेको एक हप्तापछि पुनः अर्को अभिव्यक्ति आएको हो ।

ती महिलाहरू “पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको” भन्दै ट्रम्पले उनीहरूलाई तिनै स्थानमा फर्किन भनेका थिए। राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए।

प्रगतिशील धारका चार महिला सांसदसँग पेलोसीको मतभेद देखा परेको एक हप्तापछि ट्रम्पले सामाजिक सञ्जालबाट त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

ट्रम्पको भनाइको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। ती सांसदमध्ये एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन्। अर्की सांसद इल्हान ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन्।

ओमारसहितका ती सांसदलाई ट्रम्पले अमेरिकालाई दुष्टहरूको शक्ति देख्ने वामपन्थी विचारका प्रशंसक भएको भनी दिएको अभिव्यक्तिले ट्रम्पका हजारौं समर्थक तथा सहयोगीलाई हौसला प्रदान गरेको थियो ।

उनीहरूले अमेरिकी रिपब्लिकनको प्रभाव क्षेत्र मानिने कतिपय ठाउँमा प्रदर्शनसमेत गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : ४७ बजे

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार