अपराधका घटनामा वैज्ञानिक परीक्षण गर्ने विधि विज्ञान प्रयोगशालालाई भवनको अभाव « Khabarhub

अपराधका घटनामा वैज्ञानिक परीक्षण गर्ने विधि विज्ञान प्रयोगशालालाई भवनको अभाव


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अपराधका घटनामा वैज्ञानिक परीक्षणका लागि स्थापना भएको नेपाल विधि विज्ञान प्रयोगशाला अहिले छुट्टै स्वायत्त संस्था छ । यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) अन्तर्गत रहेको प्रयोगशाला अहिले स्वायत्त संस्थाको रुपमा स्थापित भएपनि यसको आफ्नै भवन भने छैन ।

प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्य सरकारले प्रयोगशालाका लागि आवश्यक दरबन्दीको व्यवस्था गरिसकेको बताउँछन् । तर, जनशक्तिलाई काम गर्नका लागि पर्याप्त स्थानको अभाव रहेको छ ।

सरकारले प्रयोगशालामा गत आर्थिक वर्षमा मात्रै ९ जना प्राविधिक जनशक्ति पठाएको थियो । नयाँ आएका कर्मचारीलाई समेत राम्ररी काम गर्ने वातावरण तयार गर्न नसकिएको उल्लेख गर्दै कार्यकारी निर्देशक शाक्य भन्छन्, ‘भवन नभएपछि हामीले गर्ने काममा प्रत्यक्ष असर परिरहेको छ ।’

निमित्त कार्यकारी अधिकृत शाक्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भवन आवश्यक भएको र त्यसका लागि जग्गाको माग गरेको बताए । प्रयोगशाला अहिले रहेको भवनसमेत प्रतिष्ठानको नाममा छ । ‘जग्गा उपलब्ध भएपछि हामी भवन निर्माण गर्ने छौं,’ शाक्यले भने ।

प्रयोगशालाले वैज्ञानिक प्रविधिबाट औंठा छाप, रगतमा मदिराको मात्रा, मानिस र जनावरको डीएनए परीक्षणलगायतका कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १ : ३६ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका