धुर्मुस–सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला निर्माणको काम पुनः शुरु गर्ने « Khabarhub

धुर्मुस–सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला निर्माणको काम पुनः शुरु गर्ने


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– गत जेठ १५ गतेदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य मंगलबारबाट शुरु गरिने भएको छ ।

स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि रंगशालाको काम रोकिएको थियो । सीताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रंगशाला निर्माण थालिएको हो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले मंगलबारबाट काम शुरु गर्न लागिएको जानकारी दिए ।

र‌ंगशालाको काम अगाडि बढाउन धुर्मुस चितवन आइसकेका छन् भने  फाउण्डेसनका कर्मचारी सोमबार चितवन आउँदै छन् । धुर्मुसकाअनुसार सोमबार बिहान रंगशाला निर्माण सहयोग समितिका पदाधिकारीसँगको छलफलपछि काम शुरु गर्ने सहमति भएको हो ।

समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार आजको बैठकमा उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, निजामती कर्मचारीलगायत जो जसले जेजति रकम रंगशालाका लागि बोलकवल र सङ्कलन गरेको छ, यथाशीघ्र फाउण्डेसनलाई हस्तान्तरण गरिने सहमति भएको छ ।

७ वटै पालिकामा ४ दिनभित्र सहयोग समिति गठन गरी नयाँ ऊर्जाका साथ कामलाई अघि बढाउने सहमति भएको डल्लाकोटीले जानकारी दिए । गुरुयोजना बनाउने कामलाई तीव्रताका साथ अघि बढाउने पनि छलफलमा सहमति भएको छ । संयोजक डल्लाकोटीले रंगशाला नेपालीको सम्पत्ति हुने भएकाले सबैको साथ र सहयोगबाट नयाँ ऊर्जाका साथ काम थाल्न लागिएको बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मंगलबारबाट फाउण्डेसनले काम अघि बढाउने भन्दै सबैलाई सहयोगका लागि आग्रह गरिन् । रङ्गशला निर्माणका लागि वातावरण बनिसकेको भन्दै उनले वर्षात्को समयमा गर्न मिल्ने काम अघि बढाइने जानकारी दिइन्।

आर्थिक सङ्कलन गरी पहिलो चरणमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर छिटो निर्माणको काम शुरु गर्ने योजना रहेको दाहालको भनाइ छ ।

फाउन्डेसनका अध्यक्ष धुर्मुसले बार, मैदान व्यवस्थापन र आवश्यक संरचना निर्माणका काम अघि बढाइने बताए ।  रंगशाला निर्माणका लागि ६ करोड ५० लाख बोलकवल भएको भए पनि हालसम्म सबै रकम सङ्कलन भइसकेको छैन । फाउण्डेसनले दुवई र मलेसियामा आर्थिक सहयोगका लागि रकम सङ्कलन गर्न कार्यक्रम गरिसकेको छ ।

काम शुरु भएसँगै अन्य देशमा पनि आर्थिक सहयोगका लागि कार्यक्रम शुरु गरिने धुर्मुसको भनाइ छ । ३ अर्ब लगानी गरेर रंगशाला निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा रंगशाला निर्माणका लागि छुट्याएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १ : ५८ बजे

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग