भारतले पठायो चन्द्रमामा चन्द्रयान–२ नामक रकेट « Khabarhub

भारतले पठायो चन्द्रमामा चन्द्रयान–२ नामक रकेट


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको चन्द्र अभियानअन्तर्गत चन्द्रयान–२ आज प्रक्षेपण गरेको छ । भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिएको हो ।

यसअघि गत जुलाई १५ मा नै प्रक्षेपण गर्ने भनिएको चन्द्रयान–२ को प्रक्षेपण अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सन् २०१८ को अक्टुबरमा नै प्रक्षेपण गर्ने लक्ष्य रहेको चन्द्रयान–२ को प्रक्षेपण मिति चारपटक सारिएको थियो छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरोले यसअघि चन्द्रयान–२ मा देखिएको सबै प्राविधि गडबडी सुधारिएको र प्रक्षेपण गरिएको जनाएको छ ।
चन्द्रयान–२ आगामी सेप्टेम्बर ७ तारिखका दिन चन्द्रमामा पुग्ने बताइएको छ । छोटो समयमा नै चन्द्रमामा पुग्नु पर्ने भएकाले चन्द्रयान–२ ले पृथ्वीको परिक्रमा ५ पटक गर्नु पर्नेमा अब ४ पटक मात्रै गर्ने भएको छ ।

सूर्यको प्रकाश बढी भएको चन्द्रमाको दक्षिणी क्षेत्रमा यो चन्द्रयान–२ ले अवतरण गर्नेछ । उक्त क्षेत्रमा सेप्टेम्बर २१ देखि सूर्यको प्रकाश कम हुँदै जाने भएकाले उक्त समयभन्दा १५ दिन अगावै चन्द्रयान–२ चन्द्रमामा पुग्नु पर्ने छ ।

चन्द्रयान–२ लाई भारतको शक्तिशाली रकेट जीएसएलवी मार्क–३ मार्फत प्रक्षेपण गरिनेछ । यो चन्द्र्रयान–को तौल ३ हजार ८ सय ७७ किलो रहेको छ । चन्द्रयान–१ अभियानभन्दा यसको तीन गुणा बढी तौल हो ।

चन्द्रयान–२ मार्फत चन्द्रमामा पठाइएका यन्त्रहरु अर्बिटर, ल्याण्डर तथा रोवरले चन्द्रमा सम्बन्धी विभिन्न खोजअनुसन्धान गर्नेछन् ।

अर्बिटरले चन्द्रमाको सतहको नक्शा तयार गर्नुका साथै चन्द्रमाको अस्तित्व र विकासबारे खोज गर्ने छ । यस्तै ल्याण्डरले चन्द्रमामा भूकम्प आउँछ वा आउँदैन भनेर पनि यो अभियानमा अनुसन्धान गरिनेछ । यसका साथै रोवरले चन्द्रमाको सतहमा खनिज तत्वकाबारे खोज गर्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ३ : ०५ बजे

मन्त्री गौतम र चिनियाँ राजदूत झाङबीच भेटवार्ता

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग

कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु

कास्की – कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा

‘पार्टीलाई थाहै नदिई बालेनले लिए सुकुम्बासी हटाउने निर्णय’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंका सुकुम्बासीलाई हटाउने अभियान थालेपछि चौतर्फी

किष्ट बैंक घोटाला : दुई वर्ष सजाय तोकिएका जुनियर असिस्टेन्ट पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले किष्ट बैंक