प्रितम र आयुषले प्रधानमन्त्रीलाई भेटे, गीत सुनाए « Khabarhub

प्रितम र आयुषले प्रधानमन्त्रीलाई भेटे, गीत सुनाए


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय टेलिभिजन जी टिभीको रियालिटी शो ‘सारेगमा लिल च्याम्स २०१९’ को ग्राण्ड फिनालेमा पुग्न सफल नेपाली बालगायक प्रितम आचार्य र आयुष केसीले प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

रियालिटी शो मा तेस्रो भएका प्रितम आचार्य र चौथो बनेका सिन्धुपाल्चोकका आयुष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटेका हुन् । उनीहरुले प्रधानमन्त्रीलाई गीत सुनाएका थिए भने आफ्नो सफलताको कथा पनि सुनाउन भ्याए ।

प्रितम र आयुषले भक्तराज आचार्यको गीत ‘जहाँ छन् बुद्धका आँखा’ लगायत केही गीत सुनाएका थिए । आयुष र प्रितमलाई प्रधानमन्त्री पत्नी राधिका शाक्य आफैले खाजा बनाएर खुवाएकी थिइन् ।

आइतबार सुरशाला म्युजिक एकेडेमीले यी दुईलाई सम्मान समेत गरेको थियो । उनीहरुलाई गायक रामकृष्ण ढकाल, उद्यमी उपेन्द्र महतो, सुरशाला संस्थापक अमृत क्षेत्री लगायतले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा पनि आयुष र प्रितमले गीत सुनाएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ३ : ५३ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ