चियाको राजधानी इलामलाई झापाको चुनौती, इलामभन्दा झापामा ८ गुणा बढी चिया उत्पादन « Khabarhub

चियाको राजधानी इलामलाई झापाको चुनौती, इलामभन्दा झापामा ८ गुणा बढी चिया उत्पादन


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– चियाका लागि प्रख्यात जिल्ला कुन हो ? उत्तर हुन्छ, इलाम । फेरि प्रश्न आउन सक्छ, नेपालमा सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला कुन हो ? धेरैलाई लाग्न सक्छ, इलाम नै हो ।

तर, पछिल्लो एक तथ्याङ्कअनुसार इलाममा भन्दा झापामा ८ गुणा बढी चिया उत्पादन हुने गरेको पाइएको छ । इलाममा १ हजार ८ सय ८१ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेकोमा झापामा ६ हजार ५ सय ३४ दशमलव दुई हेक्टरमा चिया खेती हुने गरेको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणअनुसार इलाममा १ करोड ५९ लाख ७० हजार ६ सय ७२ दशमलव ८ किलोग्राम हरियोपत्ती उत्पादन हुने गरेको छ ।  झापामा भने इलामको भन्दा ८ गुँणा ८ करोड २५ लाख १७ हजार ४१५ दशमलव ६ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले ०७४/०७५ मा गरेको सर्वेक्षणमा चिया खेती गर्ने व्यवासायी भने इलाममा बढी देखिएका छन् । इलाममा ५ हजार ५ सय ९८ चिया खेती गर्ने व्यवसायी भएकोमा झापामा भने १ हजार ६ सय १ चिया व्यवसायी रहेको देखिएको छ ।

यस्तै, उत्पादन दिने चियाको विरुवाको पनि झापामै बढी भएको तथ्याङ्कले देखाएको छ । झापामा ६ करोड ३५ लाख ४८ हजार ५७४ उत्पादन दिने चियाको विरुवा भएकोमा इलाममा ४ करोड ५ लाख ८१ हजार ३१८ उत्पादन दिने विरुवा रहेको पाइएको छ ।

सरकारले पूर्वका ५ जिल्लालाई चिया क्षेत्र घोषणा गरेको भए पनि अन्य जिल्लामा भने चिया उत्पादन कम मात्र हुने गरेको देखिएको छ । सरकारले घोषणा गरेका जिल्लामध्ये धनकुटामा ३ लाख ८ हजार ९ सय २६ दशमलव ५ किलोग्राम, तेह्रथमुमा १ लाख ५० हजार ७ सय ४२ दशमलव ६ किलोग्राम, पाँचथरमा ७ लाख ६४ हजार ५ सय ५५ दशमलव ८ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ ।

देशका १४ जिल्लामा अहिले चिया खेती हुने गरेको छ । कुनैबेला सीमित र कम जिल्लामा मात्र चिया खेती हुने गरेको भएपनि विस्तारै अन्य क्षेत्रमा खेती गर्ने क्रम बढेको देखिएको छ । चिया खेती सुरु भएको डेढ सय वर्षभन्दा बढी भए पनि यसले व्यवासायिक रूप लिएको भने खासै बढी समय भएको छैन ।

सरकारले २०३९ सालमा पूर्वका ५ जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि नेपालमा चिया खेतीले व्यावसायिक रूप लिएको हो । सर्वेक्षणअनुसार नेपालमा ९ हजार २ सय ३६ व्यावसायिक चिया खेती हुने बगान रहेकामा २९ दशमलव ९प्रतिशत मात्र प्राङ्गारिक चिया खेती हुने बगान रहेको पाइएको छ ।

चिया खेतीमा अधिकांश पुरुष

नेपालमा हालसम्मको तथ्याङ्क हेर्दा चियाका व्यवसायीमध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत मात्र महिला रहेको देखिएको छ । सर्वेक्षणअनुसार नेपालमा सबैभन्दा बढी चिया सिटिसी चिया उद्योगबाट उत्पादित हुने गरेको पाइएको छ ।

नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसि उत्पादन हुने गरेको छ भने २ हजार छ सय ७० मेट्रिक टन अर्थोडक्स, २ सय २० मेट्रिक टन ग्रीन टी र ३२ मेट्रिक टन स्पेसियल टी  उत्पादन हुने गरेको छ ।


–किरण पौड्याल/रासस

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ४ : ४१ बजे

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका