एकमहिनामा कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्नेक्रम सकियो, निर्णय भने आएन « Khabarhub

एकमहिनामा कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्नेक्रम सकियो, निर्णय भने आएन


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक महिनासम्म चलेको छ। असोज २८ गतेदेखि सुरु भएको बैठक आज कात्तिक २७ गतेसम्म पदाधिकारी र सदस्यले बोल्नेक्रम सकिएको छ।

बैठकको निर्णय भने अझै पनि आएको छैन। कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि, चुनावपछि भन्नेमा मतभेद छ।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन पुष १६ गतेदेखि १९ गतेसम्म गर्नुपर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरेका थिए।

त्यसै दिन थापाको महाधिवेशन सम्बन्धी कार्यतालिकामा काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले पार्टीको १५औँ महाधिवेशन वैशाख २७ गतेदेखि ३० गतेसम्म गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरेका थिए।

सदस्यहरूले धारणा राख्ने क्रममा यी दुई कार्यतालिकामध्ये एक कार्यतालिकामा महाधिवेशन गर्नुपर्ने आफ्नो धारणा राखेका थिए। सहमहामन्त्री यादवको कार्यतालिकालाई संस्थापन पक्षका नेताहरूले समर्थन गरेका थिए भने महामन्त्री थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका सदस्यहरूले समर्थन गरेका थिए।

आज महामन्त्री थापाले मंसिर २७ गते विशेष महाधिवेशन हुने जानकारी गराए। उनले नेताहरुले नै नियमित महाधिवेशनका लागि क्रियाशीलको विवाद झिकेको भन्दै उनले विशेष महाधिवेशनको मिति तोकेका हुन्।

विवादमा सहमति जुटाउनका लागि निर्णय भोलि एक दिनको समय बैठक राखिएको छैन। अब सहमतिका लागि शुक्रबार नेताहरुले छलफल गर्ने बताइएको छ। बैठक अब शनिबार बस्ने र उक्त बैठकले निर्णय सुनाउने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ९ : ५१ बजे

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन

गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली