दीपिकाको ठाउँमा क्याटरीनाको इन्ट्री, यो फिल्ममा हुनेछ ऋतिकसँग जोडी « Khabarhub

दीपिकाको ठाउँमा क्याटरीनाको इन्ट्री, यो फिल्ममा हुनेछ ऋतिकसँग जोडी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् १९८२ मा रिलिज भएको अमिताभ बच्चन र हेमा मालिनी स्टारर फिल्म ‘सत्ते पे सत्ता’ को रिमेक बन्ने भएको छ । यो फिल्ममा बलिउडको सुपरहिट जोडीमध्ये एक ऋतिक रोशन र क्याटरीना कैफको शीर्ष भूमिका हुनेछ ।

पहिले यो फिल्ममा दीपिका पादुकोणले अभिनय गर्ने चर्चा चलेको थियो ।

भारतीय मिडियाका अनुसार यो फिल्ममा पहिले दीपिका हुने भनिए पनि अब भने क्याटरीनाले अभिनय गर्ने भएकी हुन् । क्याटरीना र ऋतिकको जोडी चलचित्र ‘जिन्दगी ना मिले दोबारा’ मा पनि देखिएको थियो । उक्त फिल्ममा ऋतिक र क्याटरीनाको जोडीलाई धेरैले रुचाएका थिए ।

खबरका अनुसार ‘सत्ते पे सत्ता’ को रिमेकमा को नायिका लिने भनेर निर्माण टिमले एक लिस्ट तयार पारेको थियो । निर्मातालाई पनि कुन नायिका लिने भन्नेमा दोधार थियो । अन्तत: क्याटरीना नै यो फिल्मका लागि छनोटमा परेकी छिन् ।

यो फिल्ममा इन्ट्री हुने भएपछि क्याटरीना पनि उत्साहित छिन् ।

फिल्ममा ७ भाइको कहानी हुनेछ । अमिताभ बच्चनले जेठा दाइको भूमिका निभाएका थिए । उक्त भूमिकामा अब ऋतिकलाई देख्न सकिनेछ । अन्य कलाकार अझै चयन गरिएको छैन ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ४ : ५४ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ