नीताको करिअर किन धरमर ? « Khabarhub

नीताको करिअर किन धरमर ?


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गानाले अभिनय गरेको फिल्म ‘पञ्चायत’ ले उनलाई नसोचेको सफलता दियो । यही फिल्मबाट उनले अमेरिका भएको एक अवार्ड समारोहमा अवार्ड पनि जितिन् ।

तर, नीताका फिल्म व्यावसायिक रुपमा भने खासै सफल बन्न सकेका छैनन् । नीताले भोजपुरी फिल्ममा पनि काम गरिन् । तर, उनलाई कुनै फिल्मले पनि चर्चा दिलाएन । राम्रो अभिनय गर्ने खुबी भएकी नीता अहिले न त व्यक्तिगत जीवनका कारण चर्चामा छिन्, न त कुनै फिल्मका कारण ।

उनी अभिनित फिल्म ‘सोच’ को हालै ट्रेलर सार्वजनिक गरियो । तर, उक्त फिल्मले पनि नीताको करिअरलाई बल पु–याउने देखिँदैन । दशैँमा रिलिज हुने फिल्म ‘रातो टीका निधारमा’ को त राम्रै चर्चा छ । तर, फिल्ममा नायिकाका रुपमा नीताभन्दा बढी चर्चा साम्राज्ञी शाहको छ ।

अभिनयका हिसाबले नीता ढुंगाना राम्रो अभिनय गर्ने नायिका हुन् । खैर उनको चर्चा भने भएको पाइँदैन । हल्ला गर्ने र उत्तेजित हुनेहरु चर्चामा रहिरहने यो क्षेत्रमा नीताले भने दर्शकको ध्यान तान्न सकेकी छैनिन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ५७ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका