उत्तर कोरियामा भएको मतदानमा ९९.९८% मतदाता सहभागी « Khabarhub

उत्तर कोरियामा भएको मतदानमा ९९.९८% मतदाता सहभागी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियामा भएको स्थानीय तहका लागि भएको निर्वाचनमा मुलुकका प्रायः सबै मतदाताले मतदान गरेका छन् ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएअनुसार आइतबार भएको निर्वाचनमा ९९.९८ प्रतिशत मतदाताले मतदान गरेका हुन् । यो सङ्ख्या सन् २०१५ मा भएको निर्वाचनको भन्दा ०.०१ प्रतिशत धेरै रहेको बताइएको छ ।

विदेश भ्रमण तथा समुद्रमा काम गर्न बाहिर गएका मतदाता मतदान प्रक्रियामा सहभागि हुन नसकेको केसीएनएले जनाएको छ । एकतन्त्रीय शासन रहेको उत्तर कोरियामा यस्ता निर्वाचन राजनीतिक कर्मकाण्ड पूरा गर्नका लागि मात्र हुने गरेका छन् ।

यस्ता निर्वाचनमा यसअघि नै तय भएका उम्मेद्वारका लागि ‘हो’ वा ‘होइन’ भन्ने दुई विकल्पमा मत दिन पाउने प्रावधान रहेको बताइन्छ । तैपनि ९९ प्रतिशतभन्दा धेरैले ‘हो’ भन्ने विकल्पमा नै मत दिन गरेका छन् ।

उत्तर कोरियाली सञ्चारमाध्यमले भने यस्तो निर्वाचन प्रक्रियाका कारण मुलुकको एकता अझ मजबुत हुने बताउने गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ५५ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव