उत्तर कोरियामा भएको मतदानमा ९९.९८% मतदाता सहभागी « Khabarhub

उत्तर कोरियामा भएको मतदानमा ९९.९८% मतदाता सहभागी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियामा भएको स्थानीय तहका लागि भएको निर्वाचनमा मुलुकका प्रायः सबै मतदाताले मतदान गरेका छन् ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएअनुसार आइतबार भएको निर्वाचनमा ९९.९८ प्रतिशत मतदाताले मतदान गरेका हुन् । यो सङ्ख्या सन् २०१५ मा भएको निर्वाचनको भन्दा ०.०१ प्रतिशत धेरै रहेको बताइएको छ ।

विदेश भ्रमण तथा समुद्रमा काम गर्न बाहिर गएका मतदाता मतदान प्रक्रियामा सहभागि हुन नसकेको केसीएनएले जनाएको छ । एकतन्त्रीय शासन रहेको उत्तर कोरियामा यस्ता निर्वाचन राजनीतिक कर्मकाण्ड पूरा गर्नका लागि मात्र हुने गरेका छन् ।

यस्ता निर्वाचनमा यसअघि नै तय भएका उम्मेद्वारका लागि ‘हो’ वा ‘होइन’ भन्ने दुई विकल्पमा मत दिन पाउने प्रावधान रहेको बताइन्छ । तैपनि ९९ प्रतिशतभन्दा धेरैले ‘हो’ भन्ने विकल्पमा नै मत दिन गरेका छन् ।

उत्तर कोरियाली सञ्चारमाध्यमले भने यस्तो निर्वाचन प्रक्रियाका कारण मुलुकको एकता अझ मजबुत हुने बताउने गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ५५ बजे

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त