बुद्ध मूर्तिका लागि बेलायतबाट रु ३० लाख सहयोग « Khabarhub

बुद्ध मूर्तिका लागि बेलायतबाट रु ३० लाख सहयोग


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतमा रहेका नेपालीले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–६ दरौ–थाप्लेमा निर्माणाधीन बुद्ध मूर्तिका लागि आर्थिक सहयोग गरेका छन् ।

जुनकिरी च्यारिटी ग्रुपका सदस्य पार्वती गुरुङको पहलमा सङ्कलित रु ३० लाख सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच निर्माण समितिलाई प्रदान गरिएको छ ।

दरौ–थाप्ले बुद्ध मूर्ति निर्माण समितिका संयोजक विश्व गुरुङलाई पार्वती गुरुङका तर्फबाट विष्णु गुरुङ र जमुना गुरुङले उक्त रकम हस्तान्तरण गरे । समितिका संयोजक गुरुङले विदेशमा रहेका नेपालीको सहयोगले निर्माणाधीन कार्यमा थप सहयोग भएको भन्दै आभार व्यक्त गरे ।

गुरुङले बुद्धको मूर्तिले दरौ शिरुबारीको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । दरौ थाप्ले लेक भ्यू टावर एण्ड रिसोर्टका अध्यक्ष एवं निर्माण समितिका सदस्य बलराम गुरुङले स्याङजाको प्रसिद्ध थाप्ले लेकमा निर्माण भइरहेको प्रतिमाले पर्यटनको विकासमा सघाउ पु¥याउने बताए ।

करीब ५५ फिट अग्लो बुद्धको मूर्ति आगामी वैशाख पूर्णिमासम्म निर्माण सम्पन्न हुने र रु एक करोड बढी लागत लाग्ने उनको भनाइ थियो । सोही कार्यक्रमका पोखरा बगालेटोल बस्दै आएका कृष्ण र लक्ष्मी गुरुङले संयुक्त रुपमा रु एक लाख दुई हजारसमेत हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : १० बजे

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको