सावधानी अपनाए जोर्नी दुखाई कम गर्न सकिन्छ « Khabarhub

सावधानी अपनाए जोर्नी दुखाई कम गर्न सकिन्छ


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शारीरिक वजन वृद्धि, मांसपेशी वा जोर्नीमा दुखाई, बिना कारण कमजोरी वा आलस्यता बढ्नु अहिले आम समस्या बनेको छ । थकावट वा अनिन्द्राको कारण निम्तने यस्ता समस्यालाई धेरैजसो मानिसमा ख्याल नदिने गरेको पाइन्छ । तर बदलिदो जीवनशैलीका कारण बिहान उठ्ने र बेलुका सुत्ने समयको सहि समय नमिलेका कारण यि समस्याहरु निम्तने गर्दछ । आवश्यकता भन्दा बढि खानु वा दिनभर खानाको समय नमिलेर भोको बस्नु समेत यी समस्याका कारण हुन् ।

तर यदि तपाईमा लगातार थकावट, जोर्नीको दुखाई लगायतका समस्या देखिएका छन्, सावधान हुनु जरुरी छ । यस्ता प्रकारका स्वस्थ्य समस्या शरीरमा भिटामिन डिको कमिले हुने गर्दछ । यदि मांसपेशि वा जोर्नीमा लगातार दुखाई छ भने रगतको परीक्षण गरी तपाईको शरीरम भिटामिन डि (विशेषतः डि थ्रि)को अवस्था कस्तो छ त्यो पहिचान गर्न आवश्यक छ । यदि भिटामिन डि थ्रिको मात्रा आवश्यकता भन्दा कम छ भने यस किसिमका समस्या हुने गर्दछन् ।

सूर्यको किरणलाई भिटामिन डि को सबैभन्दा बलियो प्राकृतिक स्रोत मानिन्छ । तसर्थ शरीरमा भिटामिन डि को मात्रा बनाई राख्न एक सातामा ४/५ पटकसम्म सनवाथ अर्थात केहिबेर घाममा उभिनु जरुरी छ । बिहान ८ बजे भन्दा पहिले र साझ ४ बजेपछिको घाममा उभिनु सबैभन्दा उपयुक्त हुन्छ । घाममा उभिदा अनुहारलाई नछापि हातलाई फैलाएर उभिनु पर्दछ ।

दैनिक करीब १५ मिनेट घाममा उभिदा शरीरमा कहिल्यै भिटामिन डि को अभाव हुदैन । यसबाहेक सालमोन, सार्डनिस माछा, अडां वा मासुमा समेत प्रचुर मात्रामा भिटामिन डि पाइन्छ । यदि कोहि शाकाहारी छ भने उनिहरुले खानामा सूर्यमुखीको बिउ, सोयाबिनका उत्पादन, दुग्धजन्य पर्दाथको प्रयोग गरेमा समेत भिटामिन डिको भरपुर हुन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : १२ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत