जुत्ता चप्पल मन्दिर बाहिर फुकाल्नुको कारण यस्तो « Khabarhub

जुत्ता चप्पल मन्दिर बाहिर फुकाल्नुको कारण यस्तो


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक धर्मको आआफ्नै आस्था र पुजाविधि हुन्छ । धर्म अनुसारका आआफ्नै मान्यताहरु समेत हुने गर्दछन् । हिन्दु धर्मालम्बिहरुले मन्दिरलाई आस्था प्रकट गर्ने स्थानका रुपमा लिएका छन् । सनातन धर्म हिन्दुमा मन्दिरमा जुत्ता चप्पल बाहिर नै खोल्नु पर्ने मान्यता छ । तर किन मन्दिर बाहिरै जुत्ता चप्पल खोलिन्छ त ?

मन्दिर बाहिर जुत्ता चप्पल खोल्नुको कारण यस्तो छ :

जुत्ताचप्पल लगाउने शौचदेखि फोहोर स्थानमा समेत पुगिने हुदा त्यसलाई असुद्ध मानिन्छ । असुद्ध वस्तुको धारण गरेर मन्दिर पस्दा भगवान प्रतिको सर्मपण र पुजन विधिमा ध्यान केन्द्रित नहुने मान्यता छ । मन्दिरमा शितलता हुने र नांगो खुट्टाले मन्दिर प्रवेश गर्दा पूरै शरीरमा शीतलता महसूस हुन्छ ।

जुत्ता चप्पलहरु ताम र राजसिक धातुहरू हुने गर्दछन् । जसले पृथ्वीको वातावरणमा मिल्न पातालका नकारात्मक ऊर्जालाई माध्यम बनाउने मान्यता छ । दैवि शक्तिको आस्था मानिने र सबै दिशाबाट ईश्वरीय प्रभाव वातावरण हुने मन्दिर परिसरमा सात्विक र चैतन्य वातावरण हुन्छ ।

जसलाई पवित्र मानिन्छ र पातालको नकारात्मक ऊर्जा मन्दिरमा आएमा अपवित्र हुने विश्वास छ । जसले मन्दिरको वातावरणमा धूलो र हिलो समेत ल्याउने गर्दछ । यसरी जुत्ता चप्पलमा आएका धूलो तथा हिलोजन्य फोहोरले मन्दिरमा नकारात्मक ऊर्जा फैलाउछ ।

अझ मन्दिरमा जुत्ता चप्पल बाहिरै खोल्नुको अर्थ सवै वर्गका मानिस समान छन् भन्ने समेत हुन्छ । मन्दिरभित्र प्रवेश गर्ने भक्तजनबिच धनी र गरीबको फरक नहोस् भन्न समेत जुत्ता चप्पल बाहिरै खोल्ने चलन बनेको हो । जुत्ता लगाउने र चप्पल लगाउने ब्यक्तिको मानसिक स्तर फरक हुन्छ । महंगो जुत्ता चप्पल लगाउने व्यक्तिमा घमण्डको वास हुने र धनी गरीब छुट्याउने माध्यम बन्ने गर्दछ ।

जुत्ताचप्पल बाहिरै खोल्दा मानिसले पहिचान र अहंकारलाई समेत उर्ताने विश्वास छ । जसले भगवानप्रति सबैवर्गको समान भावलाई प्रतिनिधित्व गर्छ । यि कारणले हिन्दु धर्ममा मन्दिर प्रवेश गर्दा जुत्ताचप्पल बाहिरै खोलने चलन बसेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : २७ बजे

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको