यस्तो छ पी चिदम्बरमाथि लागेको भ्रष्टाचार आरोप, जसका कारण उनी पक्राउ परे « Khabarhub

यस्तो छ पी चिदम्बरमाथि लागेको भ्रष्टाचार आरोप, जसका कारण उनी पक्राउ परे


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका पूर्व केन्द्रीय वित्त मन्त्री तथा भारतीय कांग्रेसका नेता पलनिअप्पन चिदम्बरम (पी चिदम्बरम) एक भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् ।

भारतको केन्द्रीय जाँच ब्यूरो (सिबीआई)ले बुधबार राति दिल्लीस्थित उनकै घरबाट चिदम्बरमलाई नियन्त्रणमा लिएको हो ।

चिदम्बरम आईएनएक्स मिडिया केसमा पक्राउ परेका हुन् । उनीमाथि आईएनएक्स मिडिया केसमा वैदेशिक लगानी प्रवद्र्धन बोर्ड (एफआईपीबी) मार्फत गैरकानूनी रुपमा अनुमति दिएर घुस लिएको आरोप छ ।

आईएनएक्स मिडिया केसमा यसअघि पनि करिब २० पटक चितिम्बरसँग बयान लिइएको जनाइएको छ । यहि केसमा उनी २८ फेब्रुअरी २०१८ मा पनि पक्राउ परेका थिए । त्यतिबेला अदालतले उनलाई जमानतमा रिहा गरेको थियो ।

आईएनएक्स मिडिया केस २००७ सालको घटना हो । त्यतिबेला चिदम्बरम कांग्रेस नेता मनमोहन सिंह नेतृत्वको सरकारका वित्त (अर्थ) मन्त्री थिए ।

आईएनएक्स मिडिया नेटवर्कले वैदेशिक लगानीको रुपमा ३ सय ५ करोड भारतीय रुपैयाँ लगानीको अनुमति पाएको थियो । भारतको प्रवर्तत निदेशालय ‘इन्फोर्समेन्ट डाईरेक्टोरेट’ (ईडी) र सीबीआईले गरेको अनुसन्धानका क्रममा वैदेशिक लगानी प्रवद्र्धन बोर्डमार्फत गैरकानूनी रुपमा उक्त अनुमति दिइएको थियो ।

उक्त लगानीको अनुमति दिएवापत चिदम्बरमले घुस लिएको सीबीआईको आरोप छ ।

आईएनएक्स मिडियाकी प्रमोटर इन्द्राणी मुखर्जी र उनका पति पीटर मुखर्जीको बयानका आधारमा भारतको प्रवर्तत निदेशालय ‘इन्फोर्समेन्ट डाईरेक्टोरेट’ (ईडी)ले चिदम्बरममाथि अनुसन्धान थालेको थियो ।

ईडीले २०१८ मा यही प्रकरणसँग सम्बन्धित रहेर एक सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर गरेको थियो । ईडीले त्यतिबेला दायर गरेको मुद्दाको अभियोग पत्रमा लेखिएको थियो, ‘इन्द्राणी मुखर्जीले जाँच अधिकारीहरुलाई बताएकी छन् कि एफआईपीबीको अनुमति दिलाइदिए वापत पी चितम्बरले आफ्ना छोरा कार्तिलाई वैदेशिक धनको विषयमा मद्दत गर्नुपर्ने शर्त राखेका थिए ।’

इन्द्राणी मुखर्जीकै बयानका आधारमा सीबीआईले सन् २०१८ को फेब्रुअरीमा पी चिदम्बरमका छोरा कार्ति चिदम्बरमलाई चेन्नेईबाट पक्राउ गरेको थियो । उनीमाथि आईएनएक्स मिडियामाथि हुने सम्भावित छानबिन रोक्नका लागि १० लाख अमेरिकी डलर घुस लिएको आरोप लागेको थियो ।

चिदम्बरमाथि दूरसञ्चार सेवा प्रदायक कम्पनी एयरसेलको शेयर स्वामित खरिद बिक्री प्रकणमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

सन् २००६ मा मलेसियाली कम्पनी मेक्सिसले भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनी एयरसेलको १०० प्रतिशत शेयर खरिद गरेको थियो । उक्त खरिदबिक्रीलाई अनुमति दिनका लागि पनि चिदम्बरमले घुस लिएको सीबीआईको आरोप छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ११ : ३२ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्