राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली « Khabarhub

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

सोमबार विपिनको पार्थिव शरीरलाई नेपाल ल्याएपछि त्रिभुवन विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । 

त्यस्तै ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, मुख्य सचिव एक नारायण अर्याल, नेपालका लागि इजरायली राजदूत लगायतले विपिनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका थिए । 

सो क्रममा प्रधानमन्त्री कार्कीले बिपिनलाई सकुशल स्वदेश फिर्ता गर्न हरसम्भव प्रयास गरेपनि सफल हुन नसकेको बताइन् । बिपिन प्रत्येक नेपाली आमाको छोरा भएकाले अब कसैले विपिनलाई बिर्सन नसक्ने उनले बताइन् ।

सरकारले विपिनको पार्थिव शरीरलाई सेनाको विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुस्थीत घरमा पुराउने व्यवस्था मिलाएको थियो । ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलको दक्षिणी भागमा भएको आक्रमणपछि बन्धक बनाइ गाजात्रर्फत लगिएका विपिनको निधनको जानकारी इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रुपमा गराएको थियो । 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ४ : ५९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी