अमेरिकाले ताइवानलाई हतियार बेच्ने भएपछि चीन चिडियो « Khabarhub

अमेरिकाले ताइवानलाई हतियार बेच्ने भएपछि चीन चिडियो


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई शक्ति राष्ट्र अमेरिका र चीनबीचको दूरीका विषयमा चर्चा हुने गरेको छ । अहिले चीन अमेरिकासँग चिडिएको विषय बाहिर आएको छ । अमेरिकाले ताइवानको सुरक्षाका लागि भनेर ९.१९ खर्ब (८ बिलियन) भन्दा बढी मूल्य बराबरको लडाकु जहाज र यन्त्र बेच्ने निर्णय गरेपछि चीन रुष्ट भएको हो ।

चीनले वासिङटनको यो निर्णय कार्यान्वयनमा आए ताइवानलाई एफ १६ लडाकु जहाज बेच्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने बुधबार चेतावनी दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता गेंग सुआङले हतियारहरु नबेच्न र ताइवानसँग सैन्य सम्पर्क तोड्न अमेरिकालाई आग्रह गरेका छन् ।

वासिङटन र बेइजिङबीच व्यापारमाथि भएको तनावकैबीच ताइवानलाई अमेरिकाले विमान बेच्ने निर्णय गरेको हो । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको बीबीसीले उल्लेख गरेको छ ।

चीनले ताइवानसँग अमेरिकाको हतियार सम्झौतलाई पटक–पटक आलोचना गर्दै आएको छ । पछिल्लो सम्झौतापछि त चीनले अमेरिकी हतियार कम्पनीमाथि प्रतिबन्ध लगाउने चेतावनी नै जारी गरेको छ ।

पछिल्लो महिना पनि उसले ट्यांक र स्टिङ मिसाइलका लागि २.२ बिलियन सम्झौताको विरोध गरेको थियो । अमेरिकी रक्षा सहयोग नियोगले मंगलबार कंग्रेसको अधिकारिक सूचनामार्फत यसबारेको सम्झौताको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : ३४ बजे

बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार