बढी नुनिलो खानाले निम्तने स्वास्थ्य खतरा « Khabarhub

बढी नुनिलो खानाले निम्तने स्वास्थ्य खतरा


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जीव्रोको काम स्वाद थाहा पाउने । अनि त्यही जीब्रोले मीठो मानेको चीज मानिसले खोजी खोजी खानुपर्ने । अर्थात जीब्रोको स्वाद तृष्त पार्न मानिस दौडाहामा निस्कन्छ ।

कसैलाई गुलियो, कसैलाई अमिलो त कसैलाई नुनिलो स्वाद मनपर्छ । हरेक स्वाद एउटा हदसम्म ठीकै हुन्छ, त्यो भन्दा बढि भयो भने त्यसले समस्या निम्त्याउन सक्छ ।

हामी मध्ये कतिपय चर्काे नुनको सेवन गर्दछौ तर के तपाईलाई थाहा छ, नुनको मात्रा बढी भयो भने त्यो हानिकारक हुने गर्दछ? अत्यधिक नुन सेवन गर्ने ब्यक्तिको शरीरमा समस्या निम्तिने गर्दछ । नुनको सेवनले हुने हानि यस्ता छन् :

१. शरीरमा नुनको मात्रा बढी भएमा शरीर सुन्निने तथा आलस्य बढ्ने ।
२. शरीरमा पानीको मात्रा कमी हुने तथा निश्चित अंगमा पानी जम्मा हुने ।
३. मिर्गौलाको पत्थरी, हाई ब्लड प्रेसर, अल्सर लगायतको गम्भीर रोग निम्तने ।

कसरी जोगिने

यदि तपाई अत्यधिक नुनको सेवन गर्दै हुनुहुन्छ भने त्यसलाई बिस्तारै नियन्त्रण गर्नुहोस् । पकाएका खानेकुरामा पछिबाट नुन छर्केर नखानु होस् । यो स्वास्थ्यका लागि हानिकारक मानिन्छ । फास्टफुड र जंकफुड लगायतका बजारका खाना तथा खाजा कम खानुहोस् । घरमै बनाएरको खाना मात्र खानुहोस् । खानामा खुसार्नी, जाइफल, धनियाँ, अदुवाको मिश्रण खाने गर्नुहोस् । यस्तो मसलाले बढी नुन खाने बानी छुटाउछ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १ : ११ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर