प्रधानमन्त्रीका निजी चिकित्सक डा सिंहले भनिन्– मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखियो | Khabarhub Khabarhub

प्रधानमन्त्रीका निजी चिकित्सक डा सिंहले भनिन्– मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखियो


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा पुन समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज(विहीवार) सिंगापुर प्रस्थान गरेका छन् ।

दिउँसो साढे १ बजे थाइएयरको विमानबाट प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी दुई साता अघिमात्र स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका थिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा पुन समस्या देखिएपछि उनी उपचारका लागि सिंगापुर गएका हुन् ।

प्रधानमन्त्री ओली सिंगापुर जानुपूर्व प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले यसबारे जानकारी गराएकी छिन् ।

डा. सिंहका अनुसार अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल(एसएनयू) मा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्यसक्रममा मृगौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको सिंहले जानकारी गराएकी छिन् ।

एन्टीबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री फेरि सिंगापुर गएको चिकित्सक सिंहको भनाइ छ ।

सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने एक विज्ञप्तिमार्फत प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले जनाएकी छिन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ३ : ०१ बजे

आज आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।

बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा

काठमाडौं – भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ९ गते बिहीबार। आश्विन