प्रधानमन्त्रीका निजी चिकित्सक डा सिंहले भनिन्– मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखियो « Khabarhub

प्रधानमन्त्रीका निजी चिकित्सक डा सिंहले भनिन्– मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखियो


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा पुन समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज(विहीवार) सिंगापुर प्रस्थान गरेका छन् ।

दिउँसो साढे १ बजे थाइएयरको विमानबाट प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी दुई साता अघिमात्र स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका थिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा पुन समस्या देखिएपछि उनी उपचारका लागि सिंगापुर गएका हुन् ।

प्रधानमन्त्री ओली सिंगापुर जानुपूर्व प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले यसबारे जानकारी गराएकी छिन् ।

डा. सिंहका अनुसार अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल(एसएनयू) मा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्यसक्रममा मृगौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको सिंहले जानकारी गराएकी छिन् ।

एन्टीबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री फेरि सिंगापुर गएको चिकित्सक सिंहको भनाइ छ ।

सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने एक विज्ञप्तिमार्फत प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले जनाएकी छिन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ३ : ०१ बजे

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख