३३ वटा मेलमिलाप केन्द्र स्थापना गर्दे महानगर, १३४ जना मेलमिलापकर्ताको नाम सूचीकृत « Khabarhub

३३ वटा मेलमिलाप केन्द्र स्थापना गर्दे महानगर, १३४ जना मेलमिलापकर्ताको नाम सूचीकृत


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरमा ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने भएका छन् । प्रत्येक वडामा १÷१ वटा र केन्द्रमा एउटा गरी ३३ वटा मेलमिलाप केन्द्र स्थापना गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यसका लागि मानव संशाधन महाशाखाले ३ चरणमा सञ्चालन गरेको तालिमबाट ७४ जना ‘मेलमिलापकर्ता’ उत्पादन भएका छन् भने अन्यत्र तालिम लिएका ६० जनाले महानगरले सञ्चालन गर्ने मेलमिलाप केन्द्रमा काम गर्न सूचीकृत हुनका लागि निवेदन दिएका छन् ।

यसरी १३४ जना मेलमिलापकर्ता महानगरमा काम गर्ने गरी तयार भएका छन् । यीमध्ये केन्द्रमा काम गर्न ४७ जनाको निवेदन परेको छ ।

काम गर्न इच्छुक मेलमिलापकर्तालाई बुधबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जिम्मेवारीका शपथ ग्रहण समेत गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका सर्वोच्च अदालतका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाले समाजमा सृजना भएका बिबादमध्ये १५ प्रतिशत मात्र अदालतमा पुगेको तथ्य उल्लेख गर्दै बाँकी ८५ प्रतिशत मुद्दा सम्बन्धित निकायमा नपुगी समस्याग्रस्त अवस्थामा रहेको बताइन् ।

‘यिनीहरुलाई अदालतमा ल्याउनु पर्छ भन्ने होइन, तर विवादलाई त्यत्तिकै छोड्दा, सामान्य समस्या जटिल बन्न सक्छ’ खतिवडाले भनिन् ‘औपचारिक न्याय प्रणालीका सीमा हुन्छन् त्यसैले पक्ष बिपक्ष राखेर गरिने मेलमिलाप विवाद निरुपणको सबैभन्दा उत्तम उपाय हो’ ।

पक्ष बिपक्षका आफ्ना—आफ्नै अडानका कारण विवाद सृजना हुने गरेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए । यी दुवै अडानलाई दुवै पक्षको जीत हुने ठाउँमा पु¥याउन मेलमिलापकर्तामा धैर्यता, सहनशिलता र कुशलतापूर्वक काम गर्ने सीप चाहिने उनको भनाइ छ ।

‘यो काम सजिलो छैन तर पनि म बिश्वाश गर्छु’ मेयर शाक्यले भने ‘हरेक वडामा एक÷एक वडा मेलमिलाप केन्द्र भइसकेपछि महानगरमा आउने मुद्दाको संख्यामा कमी आउनेछ’ ।

अहिले सम्पादन भइरहेको न्याय प्रणालीका बिषयमा बोल्दै उनी भन्छन्, ‘अहिले मेयर, उपपमेयर र प्रमुख प्रशासकीय अधिकृतले छुट्टाछुट्टै इजलासबाट न्यायिक समाधान खोज्ने काम गरिरहेका छौं, मेलमिलापकर्ताको सक्रियताले हामीकहाँ आउने मुद्दाको चाप कम हुनेछ’ ।

नेपाल मेलमिलाप समाजका अध्यक्ष शंकर सुवेदीका अनुसार मेलमिलाप परिषद्बाट स्वीकृत पाठ््यक्रममा आधारित मेलमिलाप सम्बन्धि तालिम प्राप्त व्यक्तिले मात्र मेलमिलाप गराउन पाउँछन् । यो तालिम ४८ घण्टाको हुनेछ । तालिममा एक पटकमा २७ जनाभन्दा बढी व्यक्तिलाई सहभागी गराउन पाइँदैन ।

मेलमिलाप पुस्तक बिमोचन

बुधबार सोही कार्यक्रममा बसन्त आचार्यले लेखेको मेलमिलाप सम्बन्धि पुस्तक सार्वजनिक गरिएको छ । न्यायाधीश खतिवडा, मेयर शाक्य, महानगरका काुननी सल्लाहकार, मेलमिलाप तालिमका प्रशिक्षकहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

लेखक आचर्य महानगरका निर्देशक, कानुन महाशाखाका प्रमुख हुन् । विवादलाइ आफ्नै तहबाट कसरी समाधान गर्न सकिन्छ भन्ने बारे पुस्तकमा उल्लेख गरिएको उनले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ५ : १८ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही