रोजगारीका लागि नेपाल भित्रिने विदेशी श्रमिकको तथ्यांक संकलन गर्दै सरकार | Khabarhub Khabarhub

रोजगारीका लागि नेपाल भित्रिने विदेशी श्रमिकको तथ्यांक संकलन गर्दै सरकार


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको तंथ्याक संकलन गर्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निर्माणधिन ठूला आयोजना, प्रतिष्ठान र अन्य रोजगारदाता कम्पनीसँग विदेशी श्रमिकको विवरण माग गरेको जनाएको छ ।

नेपालमा सरकारसँग श्रम स्वीकृति लिएर वार्षिक १ हजारभन्दा विदेशी रोजगारीका लागि आउने गरेको विभागको तंथ्याकमा उल्लेख छ । विभागका अनुसार झापा, विराटनगर, वीरगन्ज, नेपालगन्जबाट अभिलेख संकलनको कार्य सुरु हुनेछ ।

विभागले आँउदो मंसिर महिनादेखि प्रतिष्ठानमा काम गर्ने विदेशी कामदारको तंथ्याकका लागि तयारी गरिरहेको जानकारी दिएको छ । भारतीय सिमाना क्षेत्रबाट औद्योगिक प्रतिष्ठानमा काम गर्ने धेरै विदेशी कामदार आउने गरेको विभागको भनाइ छ ।

नेपालमा कति विदेशी श्रमिक कार्यरत छन् ? कस्तो क्षेत्रमा काम गरिरहेका छन् भनेर देशभरबाट अभिलेख संकलनका गर्ने योजना बनाएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लिलामनि ओझाले जानकारी दिए ।

भारत, बंगलादेश, पाकिस्तान र म्यानमारलगायत देश धेरै श्रमिक नेपालमा रोजगारीका लागि आउने गरेका छन् । ती देशबाट आउने विदेशी कामदारको सरकारसँग तंथ्याक छैन ।

अभिलेख संकलन लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगत सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन भएको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ५ : २८ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार