रोजगारीका लागि नेपाल भित्रिने विदेशी श्रमिकको तथ्यांक संकलन गर्दै सरकार « Khabarhub

रोजगारीका लागि नेपाल भित्रिने विदेशी श्रमिकको तथ्यांक संकलन गर्दै सरकार


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको तंथ्याक संकलन गर्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निर्माणधिन ठूला आयोजना, प्रतिष्ठान र अन्य रोजगारदाता कम्पनीसँग विदेशी श्रमिकको विवरण माग गरेको जनाएको छ ।

नेपालमा सरकारसँग श्रम स्वीकृति लिएर वार्षिक १ हजारभन्दा विदेशी रोजगारीका लागि आउने गरेको विभागको तंथ्याकमा उल्लेख छ । विभागका अनुसार झापा, विराटनगर, वीरगन्ज, नेपालगन्जबाट अभिलेख संकलनको कार्य सुरु हुनेछ ।

विभागले आँउदो मंसिर महिनादेखि प्रतिष्ठानमा काम गर्ने विदेशी कामदारको तंथ्याकका लागि तयारी गरिरहेको जानकारी दिएको छ । भारतीय सिमाना क्षेत्रबाट औद्योगिक प्रतिष्ठानमा काम गर्ने धेरै विदेशी कामदार आउने गरेको विभागको भनाइ छ ।

नेपालमा कति विदेशी श्रमिक कार्यरत छन् ? कस्तो क्षेत्रमा काम गरिरहेका छन् भनेर देशभरबाट अभिलेख संकलनका गर्ने योजना बनाएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लिलामनि ओझाले जानकारी दिए ।

भारत, बंगलादेश, पाकिस्तान र म्यानमारलगायत देश धेरै श्रमिक नेपालमा रोजगारीका लागि आउने गरेका छन् । ती देशबाट आउने विदेशी कामदारको सरकारसँग तंथ्याक छैन ।

अभिलेख संकलन लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगत सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन भएको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ५ : २८ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित