भक्तपुर अस्पतालको विवादबारे सांसदले उठाए प्रश्न « Khabarhub

भक्तपुर अस्पतालको विवादबारे सांसदले उठाए प्रश्न


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति गठन र अनियमितताको विषयमा सांसदहरुले कुरा उठाएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद गगन थापा, महेश बस्नेत लगायतले भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र व्यवस्थापन समितिको विषयमा संसदमा प्रश्न गरेका हुन् ।

सांसद थापाले नेपाल अर्बुद रोग निवारण केन्द्रले संचालन गरेको भक्तपुर क्यान्सर अस्पताललाई नगर प्रमुखले आफै अध्यक्ष बनेर व्यवस्थापन समिति गठन गरी अस्तव्यस्तता र अराजकता सिर्जना गरेको आरोप लगाए ।

‘भक्तपुर क्यान्सर अस्पताल सामुदायिक अस्पतालका रुपमा रहेको छ । यो अस्पतालमा केही अनिमियत भएको भए यसको छानविन, दन्ड सजाय गर्ने कानुनको स्पष्ट प्रबन्ध छ,’ सांसद थापाले भने, ‘तर यी सबैलाई कुल्चिएर भक्तपुर नगरपालिकाले अस्पतालको व्यवस्थापन समिति विघटन गरी नगर प्रमुख अध्यक्षतमा आफैँ व्यवस्थापन समिति गठन गर्ने कुरा गैरकानूनी छ ।’

थापाले भक्तपुर नगरपालिकाका प्रमूखले आफै अस्पताल व्यवस्थापन समितिमा बसेर अस्पतालमा थप अस्तव्यस्तता र अराजकतको सिर्जना सिर्जना गरेको भन्दै बिरोध समेत गरे ।

यस्तै सांसद बस्नेतले नेपाल सरकारले २५ शय्याको अस्पताल मात्रै नगरपालिकाले सञ्चालन गर्न पाउने व्यवस्था गरेकोमा भक्तपुर नगरपालिकाले अस्पतालमा नगरप्रहरी राखेर हस्तक्षेप गरेको अरोप लागएका छन् ।

भक्तपुर अस्पतालमा पुरानो व्यवस्थापन समितिले अनियमितता गरेको भन्दै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आफ्नै अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेका थिए ।

नगरप्रमखू प्रजापतिले गैर कानुनी रुपमा अस्पताल व्यवस्थापन समिति गठन गरेको भन्दै पुर्व व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले सर्वोच्वमा मुद्धा समेत दायर गरेका छन् ।

अस्पतालका पूर्व व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बुधबार सर्वोच्वमा नगरपालिका मेयर प्रजापति, वडा अध्यक्ष, अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेश नारायण श्रेष्ठ लगायत ८ जना विरुद्ध सर्वोच्चमा मुद्धा दायर गरेका हुन् ।

सर्वोच्च मुद्धा दर्ता गराउदै आज (बिहीबारका लागि पेसी तोकेको थियो । तर आज (बिहीबार) को पेसी पुनः आइतबारका लागि सरेको जनाइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ८ : ५८ बजे

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई

पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी बनाइने छ : मन्त्री मेहता

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको