भक्तपुर अस्पतालको विवादबारे सांसदले उठाए प्रश्न « Khabarhub

भक्तपुर अस्पतालको विवादबारे सांसदले उठाए प्रश्न


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति गठन र अनियमितताको विषयमा सांसदहरुले कुरा उठाएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद गगन थापा, महेश बस्नेत लगायतले भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र व्यवस्थापन समितिको विषयमा संसदमा प्रश्न गरेका हुन् ।

सांसद थापाले नेपाल अर्बुद रोग निवारण केन्द्रले संचालन गरेको भक्तपुर क्यान्सर अस्पताललाई नगर प्रमुखले आफै अध्यक्ष बनेर व्यवस्थापन समिति गठन गरी अस्तव्यस्तता र अराजकता सिर्जना गरेको आरोप लगाए ।

‘भक्तपुर क्यान्सर अस्पताल सामुदायिक अस्पतालका रुपमा रहेको छ । यो अस्पतालमा केही अनिमियत भएको भए यसको छानविन, दन्ड सजाय गर्ने कानुनको स्पष्ट प्रबन्ध छ,’ सांसद थापाले भने, ‘तर यी सबैलाई कुल्चिएर भक्तपुर नगरपालिकाले अस्पतालको व्यवस्थापन समिति विघटन गरी नगर प्रमुख अध्यक्षतमा आफैँ व्यवस्थापन समिति गठन गर्ने कुरा गैरकानूनी छ ।’

थापाले भक्तपुर नगरपालिकाका प्रमूखले आफै अस्पताल व्यवस्थापन समितिमा बसेर अस्पतालमा थप अस्तव्यस्तता र अराजकतको सिर्जना सिर्जना गरेको भन्दै बिरोध समेत गरे ।

यस्तै सांसद बस्नेतले नेपाल सरकारले २५ शय्याको अस्पताल मात्रै नगरपालिकाले सञ्चालन गर्न पाउने व्यवस्था गरेकोमा भक्तपुर नगरपालिकाले अस्पतालमा नगरप्रहरी राखेर हस्तक्षेप गरेको अरोप लागएका छन् ।

भक्तपुर अस्पतालमा पुरानो व्यवस्थापन समितिले अनियमितता गरेको भन्दै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आफ्नै अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेका थिए ।

नगरप्रमखू प्रजापतिले गैर कानुनी रुपमा अस्पताल व्यवस्थापन समिति गठन गरेको भन्दै पुर्व व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले सर्वोच्वमा मुद्धा समेत दायर गरेका छन् ।

अस्पतालका पूर्व व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बुधबार सर्वोच्वमा नगरपालिका मेयर प्रजापति, वडा अध्यक्ष, अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेश नारायण श्रेष्ठ लगायत ८ जना विरुद्ध सर्वोच्चमा मुद्धा दायर गरेका हुन् ।

सर्वोच्च मुद्धा दर्ता गराउदै आज (बिहीबारका लागि पेसी तोकेको थियो । तर आज (बिहीबार) को पेसी पुनः आइतबारका लागि सरेको जनाइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ८ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै