वाणिज्य विभागद्वारा ८४ व्यावसायिक फर्मको अनुगमन « Khabarhub

वाणिज्य विभागद्वारा ८४ व्यावसायिक फर्मको अनुगमन


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक बर्षको एक महिनामा नै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको दावी गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विहीबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो ।

अनुगमन गरिएको मध्ये ४१ वटा फर्मलाई विभागले जरिवाना गराएको छ भने २५ वटालाई स्पष्टिकरण सोधिएको, ३ वटालाई सिलबन्दी गरिएको, ४ वटाको गुणस्तर परीक्षणका लागि नमुना पठाइएको तथा एउटा फर्म विरुद्ध मुद्धा दर्ता गरेको विभागका निर्देशक शोभाखर रेग्मीले जानकारी दिए ।

ती फर्महरुबाट जरिवाना वापत ३ लाख ३७ हजार रुपैयाँ असुली गरिएको उनले जानकारी दिए । विभागले गत आर्थिक बर्षमा १ हजार ६ सय ६१ वटा अनुगमन गरेकोमा १ सय ६१ वटाबाट जरिवाना वापत ४३ लाख २१ हजार रुपैया राजश्व संकलन गरेको छ ।

पत्रकार सम्मेलनमा उपभोक्ता अधिकारकर्मीहरुले विभागको अनुगमन प्रभावकारी नभएको भन्दै बजारमा प्रभाव पार्ने गरी अनुगमन गर्न सुझाएका थिए ।

उपभोक्ता अधिकारकर्मीले बजारमा अस्वभाविक मुल्यवृद्धि काममै रहेको, गुणस्तरहीन बस्तु विक्रिमा नरोकिएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ८ : ०५ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा