उत्पादनमुखी बनाउन सहकारी मर्जरमा जानैपर्छ: मन्त्री अर्याल « Khabarhub

उत्पादनमुखी बनाउन सहकारी मर्जरमा जानैपर्छ: मन्त्री अर्याल


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले काम नगर्ने नाम मात्रका सहकारी संस्थाहरु मर्जरमा जानुपर्ने बताएकी छिन् ।

सहकारी विभागले विहीबार सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा गरेको सहकारीमा एकीकरण विषयक छलफललाई सम्बोधन गर्दै मन्त्री अर्यालले नाममात्रका सहकारी मर्जरमा जानुको विकल्प नरहेको बताइन् ।

संस्था धेरै दर्ता हुदैमा संस्थाको औचित्य पुष्टि नहुने भन्दै उहाँले दर्ता गरेर छोडिदिने र बर्षमा एकपटक साधारणसभा गर्ने सहकारीलाई मर्जरमा जान निर्देशन गरिने बताइन् ।

सहकारीलाई उत्पादनमा जोडि बजारीकरणको व्यवस्था गरिनुपर्ने उल्लेख गर्दे उनले हैसियत नभएका सहकारी संस्थाहरु क्षमतावान र हैसियत भएकासंग मर्जरमा जानुपर्ने बताइन् । उनले संख्या गनेर र औला भाँचेर मात्रै सहकारीको विकास र प्रवद्र्धन हुन नसक्ने भएकाले उत्पादनमुखी बनाउनका लागि मर्जर आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ८ : ३५ बजे

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको