सेवाग्राहीप्रति असल व्यवहार देखाउनुस्-मेयर शाक्य « Khabarhub

सेवाग्राहीप्रति असल व्यवहार देखाउनुस्-मेयर शाक्य


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वडाका समस्या महानगरमा नल्याई वडामै समाधान गर्ने वातावरण बनाउन वडाका प्रतिनिधिहरुलाई सुझाएका छन् । उनले वडामा आइपर्ने सानातिना समस्यमा समाधानार्थ स्रोत पठाएको पनि जानकारी दिए ।

उनले चालु आर्थिक वर्षका लागि तर्जुमा गरेका नीतिको मर्मबमोजिम विकास निर्माण र सेवा प्रवाहका कार्य सञ्चालन हुनुपर्नेमा उनले जोड दिएका छन् ।

महानगरले बुधवार र विहीवार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रको आयोजना गरेको थियो । सोही कार्यक्रममा बोल्दै शाक्यले हुने काम भए एकछिन पनि नरोक्न र नहुने काम भए कसैले पनि नगर्न आग्रह समेत गरेका छन् ।

‘एउटाले गर्न मिल्दैन भनेको काम अर्कोले हुन्छ भन्नुले नियत राम्रो देखिदैन’ कार्यक्रममा बोल्दै मेयर शाक्यले भने ‘सबैको समान बुझाइ बनाएर कार्यन्वयनमा लैजानुपर्छ ।’

उनले भने, ‘एउटै काम एउटा वडामा हुने, अर्कोमा नहुने । जनप्रतिनिधिले हुन्छ भन्ने, कर्मचारीले हुँदैन भन्ने वा कर्मचारीले हुन्छ भन्ने, जनप्रतिनिधिले हुँदैन भन्ने गरियो भने नागरिकले सास्ती पाउँछन् । अर्कोतिर सेवामा एकरुपता पनि हुँदैन ।’

महानगरले चालु आर्थिक बर्षका लागि बिनियोजन गरेको रकमको अधिकांश भाग वडा तहबाटै कार्यान्वयनमा जाने मेयर शाक्यले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले वडाबाट राम्रो काम र सेवाग्राहीप्रति असल व्यवहार भयो वडामात्रै होइन सरकार सफल मानिने तर्क गरे ।

उनले भने, ‘अनुसार वडामा बसेर काम गर्नु भनेको सरकारको जनतासँगको सम्बन्ध स्थापित गर्ने ठाउँमा बसेर काम गर्नु हो । त्यसैले वडामा बसेर काम गर्नेले संम्वेदनशील हुनुपर्छ ।’

४ गते वडा १ देखि १५ सम्म र ५ गते वडा १६ देखि ३२ सम्मका अधिकारीलाई बोलाएर सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा महानगरका निर्देशक बसन्त आचार्यले बजेट नीति कार्यान्वयनका कानुनी अवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए भने सम्पदा तथा पर्यटन बिभागका प्रमुख राम थापाले सार्वजनिक निकायहरुको योजना सञ्चालनमा अनुगमन र मुल्याङ्कन सम्बन्धि प्रस्तुतिकरण गरेका थिए । त्यस्तै, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धरले योजना कार्यान्वयनमा वित्तीय अनुशासनका बारेमा प्रस्तुति गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ८ : ४७ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर