भक्तपुर क्यान्सर अस्पतालमा बहुमतको दम्भ देखियोः कांग्रेस « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालमा बहुमतको दम्भ देखियोः कांग्रेस


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति खारेज गरी नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ समिति गठन गरेको प्रति आपत्ति जनाएको छ ।

विहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले भक्तपुर नगरपालिकाले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत अस्पतालको व्यवस्थापन समिति खारेज गरी नगरप्रमुखको नेतृत्वमा नयाँ समिति गठन गरेको भन्दै आपत्ति जनाए ।

उनले भने, “भक्तपुर नगरपालिको आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर चालेको कदम कांग्रेसलाई मान्य हुने छैन, यसलाई नगरपालिकाले नसच्याए कांग्रेसले नगरपालिकाको निकायमा हस्तक्षेप गर्छ ।”

अस्पतालमा भ्रष्टाचार भए छानबिन गर्ने र कारवाही गर्ने सरकारको निकाय हुदाँहुदै बहुमत जनप्रतिनिधिको दम्भमा नगरपालिकाले शुरुमा भक्तपुर अस्पतालको जमीन कब्जा गरी सार्वजनिक शौचालय बनाएको र अहिले क्यान्सर अस्पताल कब्जा गर्न आफ्नै नेतृत्वमा समिति गठन गरेको उनले आरोप लगाए ।

अब नेमकिपा र नगरपालिकाले गरेको भ्रष्टाचारको कांग्रेसले छानबिन गर्ने थापाको भनाइ थियो । “नगरपालिकाले सञ्चालन गरेको ख्वप लगायतका ६ कलेजमा भएको भ्रष्टाचार, उपभोक्ता समितिको नाममा अर्बौँ रुपैयाँ भ्रष्टाचारको कांग्रेसले छानबिन गर्छ ।”

कांग्रेस सचिव निशान ढुङ्गेल, प्रेस संयोजक केदार खड्कालगायतले नेमकिपाले कानूनलाई लत्याएर समितिका पदाधिकारीलाई अस्पतालभित्र छिर्न नदिइ कब्जा गरेको आरोप लगाए ।

नेपाल अबुद्र्ध रोग निवारण संस्थाले गठन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको समितिले अस्पतालमा व्यापक अनियमितता गरेको भन्दै भक्तपुर नगरपालिकाले उक्त समिति खारेज गरी नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : ४५ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही