भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवा! « Khabarhub

भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवा!


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नसक्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू सरुवामा परेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रहेका उनी युवा तथा खेलुकद मन्त्रालयमा सरुवा भएका छन् । बुधबार पर्यटनमन्त्रालयबाट भएको बिदाइमा मन्त्री रबीन्द्र अधिकारीकै सामू सचिव देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको बताएको कान्तिपुर दैनिकमा खबर छ ।

सरकारले २ करोडमा खरिद गरेका बसलाई आफूले चिनियाँ प्रमाणित नगरिदिएका कारण सरुवामा परेको उनले दाबी गरे । यो दबाबका लागि राष्ट्रपति कार्यालय हुँदै प्रधानमन्त्री कार्यालयबाट धेरै पटक दबाब आएको थियो । आफूले यौ काम गर्न नसक्ने अडान लिँदा ‘तलाईं ठेगान लगाइदिन्छु भन्थे लगाए’ भन्ने अभिव्यक्ति सचिव देवकोटाको छ ।

त्यस्तै सुनकाण्डको शंकास्पद आदेश न्याया परिषद मौन शीर्षकको अर्को समाचारमा न्यायपरिषदले सुन तस्करी मुद्दामा शंकास्पद आदेश गरेको भन्दै उच्च अदालत विराटनगरका ८ न्यायाधीशमाथि प्रारम्भिक छानबिन समिति नै गठन गरेर विस्तृत अनुसन्धान शुरु गरेको छ । तर, जिल्ला अदालत काठमाडौंका एक र उच्च अदालत पाटनका दुई न्यायाधीशमाथि छानबिन थालिएको छैन्।

एडल्ट साइट खोल्न सरकारी इमेल शीर्षकको समाचारमा सरकारले एडल्ट र पोर्न भिडियोमा प्रतिबन्ध लगाएपनि यसलाई खुलाउन सरकारी इमेल नै प्रयोग भएको पाइएको छ । साइबर सुरक्षाका क्षेत्रमा काम गर्ने एक कम्पनीले गरेको अनुसन्धानका क्रममा एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल नै प्रयोग भएको भेटिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : १५ बजे

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको