प्रतिनिधिसभाको आजको बैठकमा खानेपानीमन्त्रीसँग सवालजवाफ « Khabarhub

प्रतिनिधिसभाको आजको बैठकमा खानेपानीमन्त्रीसँग सवालजवाफ


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ । दिउँसो १ बजेपछि संघीय संसद सचिवालयमा बैस्ने बैठकमा संसदमा बुधबार पेश गरिएको ‘सूचना प्रविधि विधेयकबारे विचार गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राख्ने कार्यसूची छ ।

त्यस्तै बैठकमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसँग सांसदको सवाल रहनेछ ।
मन्त्री मगरले सांसदले उठाएका प्रश्नको उत्तर दिने छन्।

सवालजवाफमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मेलम्ची खानेपानी आयोजना, खानेपानी मन्त्रालयका सचिवको सरुवा तथा सचिवाले मन्त्रीलाई लगाएको आरोप लगायतका विषय मन्त्री मगरमाथि सांसदले सोध्ने अनुमान गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आज (शुक्रबार) बस्दैछ । बिहान ११ बजेका लागि तय भएको बैठक सार्वजनिक लेखा समितिको सचिवालमा बस्दैछ ।

आजको बैठकमा नेपाल वायु सेवा निगमको विमान मर्मत सम्बन्धी टेन्डरका विरुद्ध परेको उजुरीका विषयमा छलफल गरिनेछ ।

त्यस्तै प्रतिनिधिसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दैछ । साढे ११ बजेपछि बस्ने बैठकमा विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि छलफलका साथै अन्य विषयमा पनि छलफल हुने कार्ययोजना छ।

आजै बस्ने कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफल हुनेछ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १० : ३५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर