मोरङमा अन्तर्राष्ट्रियस्तरको पार्क बन्दै « Khabarhub

मोरङमा अन्तर्राष्ट्रियस्तरको पार्क बन्दै


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- पर्यटनको प्रवर्धनका लागि मोरङको बेलबारीस्थित भाउन्नेमा अन्तर्राष्ट्रिय स्तरको पार्क बन्ने भएको छ । भाउन्नेस्थित सिर्जना सामुदायिक वन क्षेत्रभित्र ३३ विगाहा जग्गामा पार्क निर्माण हुने भएको हो ।

२ करोडको लागतमा बन्ने पार्क ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिका सदस्य रविन थापाले जनाकारी दिए ।

पार्क निर्माणको पहिलो चरण अर्न्तगत पार्कभित्र रहने ढुंगाका मुर्तिहरुको निर्माणका लागि नेपाल, भारत, वङ्गलादेश, पाकिस्तान, जर्मनी, ईटली लगायतका विभिन्न देशका मुर्तिकारहरुको सहभागितामा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सुरु समेत गरिएको छ ।

कार्यशाला तीन हप्तासम्म चल्ने र मुर्तिकारहरुले आ–आफ्नै अवधारणा अनुसार आधुनिक प्रकारका विभिन्न मुर्तिहरु बनाउने जनाईएको छ । मुर्तिकला कार्यशालामा ४० देखि ४२ वटा मूर्तिहरु निर्माण हुने छन ।

पार्क निर्माणका लागि हाइट्रो तथा रोजगार व्यवसायी रघु पुरीले १५ लाख बढी सहयोग गरेका छन् । पुरीले अन्तराष्ट्रिय स्तरको पार्क निर्माणको लागी १५ लाख ५ सय ५५ रुपैया सहयोग गरेका हुन । निर्माणाधिन पार्क सिर्जना सामुदायिक वनको ३३ विगाहा क्षेत्रफलमा फैलिएको छ । प्रदेश सरकार, बेलबारी नगरपालिका, सिर्जना सामुदायिक वन, संघ संस्था, ब्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा पाँच बषभित्र निर्माण सम्पन्न हुने जानकारी दिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ०३ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले