नेकपाको सचिवालय बैठक शुरु, कार्यदलको म्याद थपिएला ? « Khabarhub

नेकपाको सचिवालय बैठक शुरु, कार्यदलको म्याद थपिएला ?


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकीकरणको निम्ति सुझाव दिन गठन भएको कार्यदलको म्याद थप गर्ने विषयमा छलफल गर्न सचिवालय र कार्यदलको संयुक्त बैठक शुरु भएको छ ।

बालुवाटारमा केही बेर अघि शुरु भएको बैठकमा कार्यदलको म्याद थप पर्ने वा नगर्ने विषयको छलफल हुनेछ ।

विहीबारको बैठकमा कार्यदलका सदस्यहरुले कार्यदलको समय एक हप्ता थप गर्न माग गरेका थिए । विहीवार नै कार्यदलसँग संयुक्त बैठकपछि बसेको सचिबालयको बैठकले कार्यदलको समय थप गर्ने विषयमा कुनै निर्णय लिन सकेको थिएन ।

संयुक्त बैठकमा कार्यदलका सदस्यहरुले अहिलेसम्म गरेको काम, देखिएको समस्याका विषयमा आफ्ना कुरा राखेका थिए ।

गत मंसिमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा देखिएका समस्या समाधानका लागि अध्ययन गरि सुझावसहितको प्रतिवेदन पेश गर्न ९ सदस्यीय कार्यदल गठन गरेको थियो । तर कार्यदलले तोकिएको मितिमा पूर्ण प्रतिवेदन बुझाउन नसकेपछि अपूरो प्रतिवेदन सचिबालयमा बुझाएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ०८ बजे

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै