नेकपाको सचिवालय बैठक शुरु, कार्यदलको म्याद थपिएला ? « Khabarhub

नेकपाको सचिवालय बैठक शुरु, कार्यदलको म्याद थपिएला ?


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकीकरणको निम्ति सुझाव दिन गठन भएको कार्यदलको म्याद थप गर्ने विषयमा छलफल गर्न सचिवालय र कार्यदलको संयुक्त बैठक शुरु भएको छ ।

बालुवाटारमा केही बेर अघि शुरु भएको बैठकमा कार्यदलको म्याद थप पर्ने वा नगर्ने विषयको छलफल हुनेछ ।

विहीबारको बैठकमा कार्यदलका सदस्यहरुले कार्यदलको समय एक हप्ता थप गर्न माग गरेका थिए । विहीवार नै कार्यदलसँग संयुक्त बैठकपछि बसेको सचिबालयको बैठकले कार्यदलको समय थप गर्ने विषयमा कुनै निर्णय लिन सकेको थिएन ।

संयुक्त बैठकमा कार्यदलका सदस्यहरुले अहिलेसम्म गरेको काम, देखिएको समस्याका विषयमा आफ्ना कुरा राखेका थिए ।

गत मंसिमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा देखिएका समस्या समाधानका लागि अध्ययन गरि सुझावसहितको प्रतिवेदन पेश गर्न ९ सदस्यीय कार्यदल गठन गरेको थियो । तर कार्यदलले तोकिएको मितिमा पूर्ण प्रतिवेदन बुझाउन नसकेपछि अपूरो प्रतिवेदन सचिबालयमा बुझाएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ०८ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका