डिपिएल क्रिकेट–खेलाडीलाई कारवाही गरेपछि काठमाडौं गोल्डेन्सद्वारा खेल बहिष्कार « Khabarhub

डिपिएल क्रिकेट–खेलाडीलाई कारवाही गरेपछि काठमाडौं गोल्डेन्सद्वारा खेल बहिष्कार


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग(डिपिएल) मा शुक्रवार(आज)को दोस्रो क्वालिफयर्स खेल काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ ।

आफ्नो खेलाडीलाई कारवाही गरेको भन्दै काठमाडौं गोल्डेन्सले खेल बहिष्कार गरेको हो ।

आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने कार्यतालिका थियो । काठमाडौं गोल्डेन्सका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो टोलीले नखेल्ने निर्णय गरेको बताए ।

बिहीवार काठमाडौंका खेलाडी अंकित दलवासलाई बलिङ गर्न प्रतिवन्ध लगाउने निर्णय भएसँगै काठमाडौं गोल्डेन्सले असन्तुष्टि जनाएको थियो ।

काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दवासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकहरुले जनाएका थिए । यससँगै काठमाडौं असन्तुष्ट बनेको थियो ।

भारतीय खेलाडी दलवासको बलिङको भिडियो हेरेको र उनको बलिङ अनाधिकृत रहेको निष्कर्ष निकालिएको थियो । काठमाडौंले जितेको तीनै खेलमा उनले अलराउण्डर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १२ : १६ बजे

पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ– सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार

प्रचण्ड गर्मीका कारण कलैयाका विद्यालय बन्द

बारा– बढ्दो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया

महिला क्रिकेट :  तेस्रो खेलमा नेपाल विजयी

काठमाडौँ– नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा

सहकारीको रकम हिनामिना गर्ने छ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ– नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ

नेपाललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सीमा क्षेत्रको हवाई अनुमति

काठमाडौँ– नेपालले भारतबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति