डिपिएल क्रिकेट–खेलाडीलाई कारवाही गरेपछि काठमाडौं गोल्डेन्सद्वारा खेल बहिष्कार « Khabarhub

डिपिएल क्रिकेट–खेलाडीलाई कारवाही गरेपछि काठमाडौं गोल्डेन्सद्वारा खेल बहिष्कार


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग(डिपिएल) मा शुक्रवार(आज)को दोस्रो क्वालिफयर्स खेल काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ ।

आफ्नो खेलाडीलाई कारवाही गरेको भन्दै काठमाडौं गोल्डेन्सले खेल बहिष्कार गरेको हो ।

आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने कार्यतालिका थियो । काठमाडौं गोल्डेन्सका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो टोलीले नखेल्ने निर्णय गरेको बताए ।

बिहीवार काठमाडौंका खेलाडी अंकित दलवासलाई बलिङ गर्न प्रतिवन्ध लगाउने निर्णय भएसँगै काठमाडौं गोल्डेन्सले असन्तुष्टि जनाएको थियो ।

काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दवासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकहरुले जनाएका थिए । यससँगै काठमाडौं असन्तुष्ट बनेको थियो ।

भारतीय खेलाडी दलवासको बलिङको भिडियो हेरेको र उनको बलिङ अनाधिकृत रहेको निष्कर्ष निकालिएको थियो । काठमाडौंले जितेको तीनै खेलमा उनले अलराउण्डर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १२ : १६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले