डिपिएल क्रिकेट–खेलाडीलाई कारवाही गरेपछि काठमाडौं गोल्डेन्सद्वारा खेल बहिष्कार « Khabarhub

डिपिएल क्रिकेट–खेलाडीलाई कारवाही गरेपछि काठमाडौं गोल्डेन्सद्वारा खेल बहिष्कार


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग(डिपिएल) मा शुक्रवार(आज)को दोस्रो क्वालिफयर्स खेल काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ ।

आफ्नो खेलाडीलाई कारवाही गरेको भन्दै काठमाडौं गोल्डेन्सले खेल बहिष्कार गरेको हो ।

आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने कार्यतालिका थियो । काठमाडौं गोल्डेन्सका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो टोलीले नखेल्ने निर्णय गरेको बताए ।

बिहीवार काठमाडौंका खेलाडी अंकित दलवासलाई बलिङ गर्न प्रतिवन्ध लगाउने निर्णय भएसँगै काठमाडौं गोल्डेन्सले असन्तुष्टि जनाएको थियो ।

काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दवासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकहरुले जनाएका थिए । यससँगै काठमाडौं असन्तुष्ट बनेको थियो ।

भारतीय खेलाडी दलवासको बलिङको भिडियो हेरेको र उनको बलिङ अनाधिकृत रहेको निष्कर्ष निकालिएको थियो । काठमाडौंले जितेको तीनै खेलमा उनले अलराउण्डर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १२ : १६ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६